१६ असार २०८३, मंगलवार
,
Latest
मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी अस्पतालमा सिटी स्क्यान सेवा सुरु



अ+ अ-

पर्सा । वीरगन्जको नारायणी अस्पतालमा विगत दुई वर्षदेखि अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रकमबाट अस्पतालले नयाँ मेसिन नै जडान गरेपछि सेवा पुनः सञ्चालनमा आएको हो ।

रु चार करोड ९० लाखभन्दा बढी रकम खर्चगरी जडान गरिएको सिटी स्क्यान मेसिन सञ्चालनमा आएपछि नारायणी अस्पतालमा उपचार गराउन आउने बिरामीको रोग पत्ता लगाउन मद्दत पुगेको अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डा वीरेन्द्रबहादुर प्रधानले जानकारी दिनुभयो । उहाँले अस्पतालको सिटी सेवा अवरुद्ध हुँदा बिरामीले महँगो दरमा बाहिरबाट सिटी स्क्यान गराउँदै आएकामा अस्पतालले आफ्नै सेवा सञ्चालन गरेपछि बिरामीको समय र पैसा दुवै जोगिएको बताउनुभयो ।

अस्पतालले सञ्चालन गरेको सिटी स्क्यान सेवाको दरलाई बजार भन्दा ३० प्रतिशत सस्तो राखिएको छ भने आर्थिक अवस्था कमजोर भएकालाई विषेश छुटको प्रबन्ध अस्पताल प्रशासनले गरेको डा प्रधानले जानकारी दिनुभयो । मधेस प्रदेशमै सबैभन्दा बढी बिरामीको चाप हुने अस्पतालले हाल शरीरको सबै भागका विभिन्न १५ प्रकारका कन्ट्रास्ट इहेन्समेटदेखि नन् कन्ट्रासट परीक्षण सेवा सुलभ दरमा प्रदान गरी रहेको रेडियो टेक्नोलोजिस्ट प्रदीप साहले जानकारी दिनुभयो ।

बारा, पर्सा, रौतहट, सर्लाही र सीमावर्ती भारतीय सहर समेतबाट दैनिक एक हजार २०० भन्दा बढी बिरामी उपचारका लागि नारायणी अस्पतालमा आउने गरेका छन् । बिरामीको रोग पत्ता लगाउने अति नै महत्वपूर्ण मानिने सिटी स्क्यान सेवा नारायणी अस्पतालमा सञ्चालन भएपछि सस्तो दरमा बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने उहाँको भनाइ छ ।