२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी अस्पतालमा सिटी स्क्यान सेवा सुरु



अ+ अ-

पर्सा । वीरगन्जको नारायणी अस्पतालमा विगत दुई वर्षदेखि अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रकमबाट अस्पतालले नयाँ मेसिन नै जडान गरेपछि सेवा पुनः सञ्चालनमा आएको हो ।

रु चार करोड ९० लाखभन्दा बढी रकम खर्चगरी जडान गरिएको सिटी स्क्यान मेसिन सञ्चालनमा आएपछि नारायणी अस्पतालमा उपचार गराउन आउने बिरामीको रोग पत्ता लगाउन मद्दत पुगेको अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डा वीरेन्द्रबहादुर प्रधानले जानकारी दिनुभयो । उहाँले अस्पतालको सिटी सेवा अवरुद्ध हुँदा बिरामीले महँगो दरमा बाहिरबाट सिटी स्क्यान गराउँदै आएकामा अस्पतालले आफ्नै सेवा सञ्चालन गरेपछि बिरामीको समय र पैसा दुवै जोगिएको बताउनुभयो ।

अस्पतालले सञ्चालन गरेको सिटी स्क्यान सेवाको दरलाई बजार भन्दा ३० प्रतिशत सस्तो राखिएको छ भने आर्थिक अवस्था कमजोर भएकालाई विषेश छुटको प्रबन्ध अस्पताल प्रशासनले गरेको डा प्रधानले जानकारी दिनुभयो । मधेस प्रदेशमै सबैभन्दा बढी बिरामीको चाप हुने अस्पतालले हाल शरीरको सबै भागका विभिन्न १५ प्रकारका कन्ट्रास्ट इहेन्समेटदेखि नन् कन्ट्रासट परीक्षण सेवा सुलभ दरमा प्रदान गरी रहेको रेडियो टेक्नोलोजिस्ट प्रदीप साहले जानकारी दिनुभयो ।

बारा, पर्सा, रौतहट, सर्लाही र सीमावर्ती भारतीय सहर समेतबाट दैनिक एक हजार २०० भन्दा बढी बिरामी उपचारका लागि नारायणी अस्पतालमा आउने गरेका छन् । बिरामीको रोग पत्ता लगाउने अति नै महत्वपूर्ण मानिने सिटी स्क्यान सेवा नारायणी अस्पतालमा सञ्चालन भएपछि सस्तो दरमा बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने उहाँको भनाइ छ ।