२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई मलेसियाले दियो ११५ रनको सामान्य लक्ष्य



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत घरेलु टोली नेपाल र पाहुना टोली मलेसियाबीच खेल जारी छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा मलेसियाले नेपाललाई ११५ रनको विजयी लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको मलेसियाले २० ओभरमा ८ विकेटको क्षतिमा ११४ रन जोड्यो ।

मलेसियाका लागि जुबेदी जुल्किफलले १५ बलमा ३२, अहमद फइजले ३८ बलमा २४, सायद अजिजले १९ बलमा १४, शार्भिन मुनियान्डीले १० बलमा ९, मुहम्मद आमिरले १९ मा १६ रन जोडे भने अइनुल हाफिज ११ बलमा ९ रनमा तथा पवनदीप सिंह १ रनमा अविजित रहे ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले २–२ तथा अविनाश बोहरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।