• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

युक्रेनमा आणविक हमलाको धम्की, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन गोप्य आणविक बङ्करमा पुगे



मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका नजिकका साथीहरू युक्रेनमा भएको रक्तपातपूर्ण युद्धको बीचमा एउटा गोप्य आणविक बङ्करमा गएको बताइएको छ।

पुटिन गोप्य बङ्करमा गएको खबरले विश्वमा त्रासको वातावरण छ । पुटिनले आणविक हतियारहरू तैनाथ गर्ने तयारी गरिरहेको भन्दै विश्वभरका मानिसहरु डराएका छन्।

पुटिनले युक्रेनमा आणविक हमला गरेमा नेटो देशहरूले पनि रुसविरुद्ध प्रतिकार गर्न सक्छन्। पुटिनको यो बङ्कर यति बलियो छ कि यसमा परमाणु बमले पनि असर गर्दैन ।

बेलायती अखबार सनले खोज पत्रकार क्रिस्टो ग्रोजेभलाई उद्धृत गर्दै रुसी राष्ट्रपति कार्यालयका अधिकारीहरूले विमानको आवतजावतको निगरानी गरिरहेकाले भ्लादिमिर पुटिन अब पश्चिमी साइबेरियाको सुरगुत क्षेत्रमा सरेको देखाएको दावी गरेको छ ।

अर्कोतर्फ विगतमा रहस्यमयरुपमा बेपत्ता भएका रुसी रक्षामन्त्री सर्गेई शोइगु उराल पहाडको उफामा रहेको बङ्करमा लुकेर बसेको बताइएको छ ।

उनको दाबीलाई रुसी रक्षामन्त्रीकी छोरी केसेनिया शोइगु (३१) को उफा भ्रमणले बल दिएको छ।

रूसको तेल राजधानीमा पुटिनका लागि विशेष बङ्कर छ । हालै क्सेनियाको तस्वीर उफामा प्रकट भएको थियो।

यसअघि युक्रेनले रुसी राष्ट्रपतिसँग चर्को बहसपछि रक्षामन्त्री सर्गेई शोइगुलाई हृदयघात भएको दाबी गरेको थियो ।

रुसी रक्षामन्त्रीकी छोरीले युक्रेनको नीलो र पहेँलो रङमा देखिएकी उनको इन्स्टाग्राम अकाउन्ट लक गरेकी छिन् ।

“म पक्का छु कि शोइगु बङ्करमा छन्”, ग्रोजेभले भने। उनले भने कि विमानहरू ट्र्याक गर्दा उफामा धेरै उडानहरू भएको देखियो।

ग्रोजेभका अनुसार यस क्षेत्रमा धेरै बङ्करहरू छन्, जसले उनको निवासको बारेमा जवाफ दिन्छ। उनले भने, “यो एकदमै उचित व्याख्या हो । म यो निष्कर्षमा विश्वास गर्छु। म पक्का छु कि उहाँ तथाकथित बङ्करमा हुनुहुन्छ जुन धेरै सुरक्षित छ।”

पत्रकार ग्रोजेभले पुटिन अर्को बङ्करमा कतै लुकेको विश्वास गर्छन्। पुटिनको विमानको उडान धेरै गोप्य राखिएको छ, त्यसैले उनको स्थान खुलासा गरिएको छैन। यद्यपि उनी सुरगुत गएको बताइएको छ ।

रुसी सेना प्रमुखले गोप्य बङ्करबाट कारबाही चलाउँदै

सुरगुत रूस को तेल राजधानी हो र यो राजधानी मस्को देखि दुई हजार ९०० किलोमिटर टाढा छ। “अन्तिम चरण अत्यन्तै गोप्य रहेको देखिन्छ र सरकारका उच्च वर्गको बस्ने ठाउँमा विशेष बङ्कर हुने सम्भावना छ”, उनले भने ।

यसअघि पुटिनका नजिकका आफन्तहरूलाई अल्ताई पर्वतमा रहेको गोप्य बङ्करमा पठाइएको खबर आएको थियो। यो सुरगुतबाट पनि हजारौँ किलोमिटर टाढा छ ।

रुसी सेनाका प्रमुखले पनि बंकरबाट युद्धको नेतृत्व गरिरहेको ग्रोजेभले बताए । ग्रोजेभका यी दावीका बीच रुसले युक्रेनमा आणविक हमलाको सम्भावनालाई अस्वीकार गरेको छ ।

रुसले आफ्नो अस्तित्व खतरामा नपर्दासम्म परमाणु बम नखसाल्ने बताएको छ ।