१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

युक्रेनमा आणविक हमलाको धम्की, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन गोप्य आणविक बङ्करमा पुगे

युक्रेनमा आणविक हमलाको धम्की, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन गोप्य आणविक बङ्करमा पुगे
अ अ+ अ-

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका नजिकका साथीहरू युक्रेनमा भएको रक्तपातपूर्ण युद्धको बीचमा एउटा गोप्य आणविक बङ्करमा गएको बताइएको छ।

पुटिन गोप्य बङ्करमा गएको खबरले विश्वमा त्रासको वातावरण छ । पुटिनले आणविक हतियारहरू तैनाथ गर्ने तयारी गरिरहेको भन्दै विश्वभरका मानिसहरु डराएका छन्।

पुटिनले युक्रेनमा आणविक हमला गरेमा नेटो देशहरूले पनि रुसविरुद्ध प्रतिकार गर्न सक्छन्। पुटिनको यो बङ्कर यति बलियो छ कि यसमा परमाणु बमले पनि असर गर्दैन ।

बेलायती अखबार सनले खोज पत्रकार क्रिस्टो ग्रोजेभलाई उद्धृत गर्दै रुसी राष्ट्रपति कार्यालयका अधिकारीहरूले विमानको आवतजावतको निगरानी गरिरहेकाले भ्लादिमिर पुटिन अब पश्चिमी साइबेरियाको सुरगुत क्षेत्रमा सरेको देखाएको दावी गरेको छ ।

अर्कोतर्फ विगतमा रहस्यमयरुपमा बेपत्ता भएका रुसी रक्षामन्त्री सर्गेई शोइगु उराल पहाडको उफामा रहेको बङ्करमा लुकेर बसेको बताइएको छ ।

उनको दाबीलाई रुसी रक्षामन्त्रीकी छोरी केसेनिया शोइगु (३१) को उफा भ्रमणले बल दिएको छ।

रूसको तेल राजधानीमा पुटिनका लागि विशेष बङ्कर छ । हालै क्सेनियाको तस्वीर उफामा प्रकट भएको थियो।

यसअघि युक्रेनले रुसी राष्ट्रपतिसँग चर्को बहसपछि रक्षामन्त्री सर्गेई शोइगुलाई हृदयघात भएको दाबी गरेको थियो ।

रुसी रक्षामन्त्रीकी छोरीले युक्रेनको नीलो र पहेँलो रङमा देखिएकी उनको इन्स्टाग्राम अकाउन्ट लक गरेकी छिन् ।

“म पक्का छु कि शोइगु बङ्करमा छन्”, ग्रोजेभले भने। उनले भने कि विमानहरू ट्र्याक गर्दा उफामा धेरै उडानहरू भएको देखियो।

ग्रोजेभका अनुसार यस क्षेत्रमा धेरै बङ्करहरू छन्, जसले उनको निवासको बारेमा जवाफ दिन्छ। उनले भने, “यो एकदमै उचित व्याख्या हो । म यो निष्कर्षमा विश्वास गर्छु। म पक्का छु कि उहाँ तथाकथित बङ्करमा हुनुहुन्छ जुन धेरै सुरक्षित छ।”

पत्रकार ग्रोजेभले पुटिन अर्को बङ्करमा कतै लुकेको विश्वास गर्छन्। पुटिनको विमानको उडान धेरै गोप्य राखिएको छ, त्यसैले उनको स्थान खुलासा गरिएको छैन। यद्यपि उनी सुरगुत गएको बताइएको छ ।

रुसी सेना प्रमुखले गोप्य बङ्करबाट कारबाही चलाउँदै

सुरगुत रूस को तेल राजधानी हो र यो राजधानी मस्को देखि दुई हजार ९०० किलोमिटर टाढा छ। “अन्तिम चरण अत्यन्तै गोप्य रहेको देखिन्छ र सरकारका उच्च वर्गको बस्ने ठाउँमा विशेष बङ्कर हुने सम्भावना छ”, उनले भने ।

यसअघि पुटिनका नजिकका आफन्तहरूलाई अल्ताई पर्वतमा रहेको गोप्य बङ्करमा पठाइएको खबर आएको थियो। यो सुरगुतबाट पनि हजारौँ किलोमिटर टाढा छ ।

रुसी सेनाका प्रमुखले पनि बंकरबाट युद्धको नेतृत्व गरिरहेको ग्रोजेभले बताए । ग्रोजेभका यी दावीका बीच रुसले युक्रेनमा आणविक हमलाको सम्भावनालाई अस्वीकार गरेको छ ।

रुसले आफ्नो अस्तित्व खतरामा नपर्दासम्म परमाणु बम नखसाल्ने बताएको छ ।