७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

गठबन्धन पाँच किलोको ढक एमाले एक क्विन्टल – ओली

गठबन्धन पाँच किलोको ढक एमाले एक क्विन्टल – ओली
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँच दलीय गठबन्धन पाँच किलो तौल र एमाले एक क्विन्टल भएको बताउनुभएको छ । भक्तपुरमा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईं सञ्चालन गर्नुभएको हरित कृषि थोक बजारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले एक्लै लड्ने आँट नहुनेहरुले गठबन्धन गर्नु स्वाभाविकै हो भन्नुभयो।

अध्यक्ष ओलीले एमालेसँग एक्लै लडन नसक्ने बुझेपछि सत्तारुढ दलहरु चुनावी गठबन्धन गर्न बाध्य भएको दावी समेत गर्नु भयो । पार्टीका नेता एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईले भक्तपुरको सूर्यविनायकमा संचालनमा ल्याएको सूर्य विनायक हरित कृषि तथा थोक बजारको बुधबार उद्घाटन गर्दै उहाँले सो गठबन्धनले चुनावमा अप्ठयारो पार्छ कि भनेर नसोच्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । एमाले एक क्वीन्टल ढकजस्तो भएको उल्लेख गर्दै उहाँले एक/एक किलोको ढक रुपी पाँचदलीय गठबन्धनले आफ्नो पार्टीसँग प्रतिस्पर्धा गर्न नसक्ने बुझाई सत्तारुढ गठबन्धनको ठिक भएको बताउनु भयो ।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा उनीहरुलाई गठबन्धन गरेर पनि एमालेलाई जित्न सकिदैंन भनेर देखाईदिने चेतावनी दिनु भयो । उहाँले पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुलाई बच्चासँग तुलना गर्दै मिलेर आउँदा मात्रै लडन सजिलो हुने बताउनु भयो । अन्यथा बच्चा भएकाले उनीहरुसँग आफ्नो पार्टीले निहुँरियर लडनुपर्ने अवस्था आउने ओलीको कटाक्ष थियो । उहाँले भन्नु भयो, ‘साथीहरुले बुझ्नु भएको छ । बुझेरनै एमाले प्रवेश गरिरहनु भएको छ ।

अहिले एमालेको अवस्था के हो भन्ने कुरा २२ हजार साथीहरु आज यहाँमात्रै प्रवेश गर्दै हुनुहुन्छ । यसले देखाउँछ–नेकपा एमाले कुन ठाउँमा छ ? एमालेमा प्रवेश गर्ने २२ हजारको संख्या अरु पार्टी परित्याग गरेर, गठबन्धन परित्याग गरेर, गठबन्धनवाला पार्टीहरु परित्याग गरेर, सरकारमा रहेका पार्टीहरु परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरिहनु भएको छ । कतिपय साथीहरुलाई लाग्न सक्छ–गठबन्धन गरेका छन, अप्ठ्यारो पर्छ कि । मैले भन्ने गरेको छु–यदि एउटा तराजुमा एक/एक किलोको पाँच वटा ढक एकातिर राख्नु भो, अनि क्वीन्टलको ढक एकातिर राख्नु भो भने के हुन्छ ? नेकपा –एमाले) क्वीन्टलको ढकजस्तो हो ।

पाँच वटा गठबन्धन भनेको एकएक किलाको ढक जस्तो हो । त्यो पाँच वटा गठबन्धनले के गर्छ ? एक्लै एमालेसँग लडन आउने अवको नेपालमा कुनै पनि पार्टीले नचिताए हुन्छ । एक्लै एमालेसँग लडछु भन्ने कुरा सोच्दै नसोचे हुन्छ । नचिताए हुन्छ । त्यसकारण गठबन्धन गर्न जरुरी छ । उहाँहरुले बुझेको यतिसम्म ठिक छ । गठबन्धन नगरीकन एमालेसँग लडन सकिदैन भन्ने कुरा गठबन्धनले बुझेको ठिक छ । गठबन्धन गर्नैपर्छ उहाँहरुले । गठबन्धन गरेरै आउनुपर्छ ।

हामीलाई पनि साहै बच्चा भो भने गाहे हुन्छ, पाँच जना थपिदैथपिदै भयो भने अभि बराबर आउन खोज्यो भने लडन पनि सजिलो हुन्छ । सोझै लडन पाइयो नि । अव पाँच वटा भयो भने बच्चाबच्चासँग निहुँरियर कता लडाई गर्ने ? निहुँरिएर लडाई गर्नुपर्छ । त्यो भन्दा उनीहरु एउटा काँधमा अर्को, अर्कोको काँधमा अर्को सक्छन भने चढून । यिनीहरुले गठबन्धन गर्छु भनेका हुन तर सजिलो छैन । लोभीपापीहरुको गठबन्धन कति गाह्रो होला विचार गर्नुस्त ? एकै दिनमा गठबन्धनले उम्मेदवारी दर्ता गर्नै सक्दैन भनेर निर्वाचन आयोगलाई भनेर २ दिन राखेको छ । मनोनयन दर्ता गर्नका लागि पनि, तपाईहरुले कहिल्यै सुन्नु भएको थियो, २ दिन भनेर ? कहिल्यै थिएन ।

यस पल्ट गठबन्धनमा झगडा हुन्छ, कुरो मिल्दैन । एक दिनमा त हुँनै सक्दैन, २ दिन चाहिन्छ भनेर उहाँहरुले २ दिन गराउनु भएको छ । एक हप्ता गराए पनि के हुन्छ र ? मनोनयननै हुनेहोला । सबै दलहरु मिलेर आएपनि उहाँहरुले अर्को कुरा बुझ्न बाँकि छ–गठबन्धनविना एमालेसँग लडन सकिदैन भन्ने त बुझ्नु भयो, ठिक छ । गठबन्धन गरेपनि एमालेसँग लडन सकिदैन भन्ने बुझ्न बाँकि छ । त्यो कुरा हामी बुझाउँछौं । गठबन्धन गरेपनि उहाँहरु एमालेसँग लडन सक्नु हुन्न । यसलाई हामीले व्यवहारमा साकार पार्नुछ ।

म सबै साथीहरुलाई आग्रह गर्न चाहन्छु–युवाहरुलाई भन्न चाहन्छु, जो प्रवेश गर्दै हुनुहुन्छ उहाँहरुलाई भन्न चाहन्छु–तपाईहरु एमालेमा आएर तपाईहरुको हिजो जसरी दूरुपयोग गरियो अनेक प्रकारका सपनाहरु देखाएर, झुटा सपना देखाएर । तपाईहरुलाई अलपत्र पार्ने, बर्बाद पार्ने, ध्वस्त बनाउने काम हिजो जो भयो, नेकपा एमालेले त्यो काम गर्नेछैन । देश बनाउन प्रयोग गर्नेछ ।’

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई लोपीपापीहरु भन्दै टिकाएर लैजान गाह्रो हुने बताउनु भयो । त्यही भएर उनीहरुले स्थानीय तह निर्वाचनको मनोनयन २ दिन गर्न निर्वाचन आयोगलाई बाध्य गराएको उहाँको बताउनु भयो । अध्यक्ष ओलीले एमाले प्रवेश गरेका युवाहरुलाई विगतमा दुरुपयोग गरिएको तर आफ्नो पार्टीले सदूपयोग गरेर राष्ट्र निर्माणको अभियानमा संलग्न गराउने बताउनु भयो ।