• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

अमेरिकी राजदूतमा डीन थम्पसन मनोनित



काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि नयाँ राजदूतमा डीन थम्पसनलाई मनोनित गरेका छन् । हाल नेपालका लागि राजदूत रहेका रेन्डी बेरीको कार्यकाल सकिएपछि थम्पसन नेपालस्थित अमेरिकी राजदूत हुनेछन् । थम्पसन दक्षिण र मध्य एसियाली मामिलाको ब्यूरोमा प्रमुख उप–सहायक सचिव हुन् ।
उनी अमेरिकी नीति र यस क्षेत्रका देशहरूसँगको सम्बन्धको निरीक्षण गर्छन्। उनी वरिष्ठ विदेश सेवा अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढीको अनुभव भएका सदस्य हुन् । यसअघि उनले थम्पसनले मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावास तथा रोमानियाको बुखारेस्टस्थित अमेरिकी दूतावासमा मिसन उपप्रमुखकाे रूपमा काम गरिसकेका छन् ।
साथै उनी भारतको कोलकातामा अमेरिकी कन्सुल जनरल र श्रीलङ्काको कोलम्बोमा रहेको अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभागको प्रमुख पनि भएका थिए । थम्पसनले युनिभर्सिटी अफ मेरिल्याण्ड, स्कूल अफ पब्लिक अफेयर्सबाट पब्लिक म्यानेजमेन्टमा स्नातकोत्तर र अमेरिकी राष्ट्रिय युद्ध कलेजबाट राष्ट्रिय सुरक्षा अध्ययनमा स्नातकोत्तर गरेका छन्।