१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगल विश्वकपमा छनोट



अ+ अ-

एजेन्सी । पोर्चुगल आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा छनोट भएको छ ।

युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० गोलले पराजित गर्दै पोर्चुगलले विश्वकपमा स्थान बनाएको हो । पोर्चुगललाई जित दिलाउन दुवै गोल ब्रुनो फर्नान्डेजले गरे ।

खेलको ३२ औं मिनेटमा फर्नान्डेजले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए । रोनाल्डो र फर्नान्डेजले एक आपसमा कम्विनेसनमा मुभ बनाउँदै गोल गरेका थिए ।

दोस्रो हाफमा फर्नान्डेजले अग्रता दोब्बर पारे । ६५ औं मिनेटमा डिओगो जोटाले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन् ।

यस्तै, प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई हराउँदै विश्वकपमा स्थान बनाएको छ ।