२५ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगल विश्वकपमा छनोट



अ+ अ-

एजेन्सी । पोर्चुगल आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा छनोट भएको छ ।

युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० गोलले पराजित गर्दै पोर्चुगलले विश्वकपमा स्थान बनाएको हो । पोर्चुगललाई जित दिलाउन दुवै गोल ब्रुनो फर्नान्डेजले गरे ।

खेलको ३२ औं मिनेटमा फर्नान्डेजले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए । रोनाल्डो र फर्नान्डेजले एक आपसमा कम्विनेसनमा मुभ बनाउँदै गोल गरेका थिए ।

दोस्रो हाफमा फर्नान्डेजले अग्रता दोब्बर पारे । ६५ औं मिनेटमा डिओगो जोटाले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन् ।

यस्तै, प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई हराउँदै विश्वकपमा स्थान बनाएको छ ।