५ श्रावण २०८३, मंगलवार
,
Latest
बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस बैठक निर्णय – स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ ।

मंगलवार सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताको आधारमा गठबन्धनका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको हो । बैठकको निर्णय बारे जानकारी दिदैँ प्रवक्ता प्रकाशशरण महतले कांग्रेसलाई अझ सबल र व्यापक बनाउनका लागि गठबन्धन दलहरुसँग तालमेल गर्ने नितिगत निर्णय सर्वसम्मत् रुपमा गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझ सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नितिगत निर्णय यो बैठक गर्दछ । स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रिया अनुरुप कार्य अगाडी बढाइने छ । यो विषयमा यहाँहरुले पार्टीमा विभाजन छ, दुई धार छ भनिराख्नुभएको थियो । अन्तत्वगत्वा सर्वसम्मतिबाट यो स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने नितिगत निर्णय पार्टीले सर्वसम्मत् बाट गरेको छ ।’

गठबन्धन दलहरुसँग तालमेल गर्ने नितिगत निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्न पार्टीले केन्द्र देखि स्थानीय तहसम्म संयन्त्र बनाउने प्रवक्ता महतले जानकारी दिनुभयो । पार्टी विधानले दिएको अधिकारका आधारमा सम्बन्धित तहले तालमेलको निर्णय गर्ने र पार्टी केन्द्रले आवश्यक निर्देशन र व्यवस्थापन मिलाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘जुन गठबन्धनमा रहेका दलहरु छन् । उनीहरु सँग तालमेल गर्ने हाम्रो नितिगत निर्णय भयो । व्यवहारमा कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा पार्टीले केन्द्रीय तहमा पनि एउटा संयन्त्र बनाउँछ ।

प्रदेश, जिल्ला, क्षेत्रिय समिति तहमा पनि संयन्त्र बन्छ । र सम्बन्धित गठबन्धनमा रहेका दलहरु छन्, त्यही तहमा समझदारी विकसित गराउँदै ल्याउँछौ । त्यसमा केन्द्रले पनि आवश्यक निर्देशन, व्यवस्थापन मिलाउँछ । गठबन्धन प्रक्रियालाई व्यवहारिक रुपमा अगाडी बढाउने काम हामी गर्छौ । जुन–जुन तहलाई जे अधिकार दिइएको छ । जस्तो प्रदेश क्षेत्रिय समितिलाई अधिकार दिइएको छ वडाको, जिल्ला तहलाई गाउँपालिकाको, सात प्रदेशहरुलाई नगरपालिकाको, केन्द्रलाई महानगरपालिकाको जुन अधिकार दिइएको छ । त्यही अधिकार क्षेत्रभित्र रहेर नै निर्णय प्रक्रियालाई अगाडी बढाउँछौँ ।’

केन्द्रीय समिति बैठकले २०७८ फागुन ३० गते सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरुलाई अनुमोदन समेत गरेको छ । त्यस्तै, नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ४ बमोजिम देशव्यापी रुपमा नेपाली कांग्रेसको सदस्यता र नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय पनि गरेको छ । कांग्रेसले पार्टी उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ ।

समिति सदस्यहरु भने सभापति देउवाले आवश्यक परामर्श लिई पूर्णता दिने जनाइएको छ । त्यसैगरी प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समितिको गठन गरेको बताइएको छ । बैठकले प्रदेश सभाका सदस्य र प्रदेश मन्त्रीपरिषद् सदस्यले सम्बन्धित प्रदेश सभा संसदीय दल मार्फत आफुले प्राप्त गर्ने मासिक पारिश्रमिकको २० प्रतिशत रकम २०७९ बैशाख १ गतेदेखि प्रदेश सभा संसदीय दलले पार्टीको सम्वन्धित प्रदेश कार्य समितिको खातामा जम्मा गर्नुपर्ने निर्णय पनि गरेको छ ।