७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

‘राजनीति सेवा हो, पेसा होइन’

‘राजनीति सेवा हो, पेसा होइन’
अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सरकारबाट प्राप्त हुने आफ्नो पारिश्रमिकलगायतका सबै सुविधा सामाजिक कार्यमा खर्च गर्नुभएको छ ।

विसं २०७७ माघ देखि विसं २०७८ फागुन मसान्तसम्म उहाँले बैठकभत्ता, मासिक पारिश्रमिक र अन्य सुविधाबापत सरकारबाट प्राप्त भएको रु १३ लाख ६६ हजार ३६० मा थप गरी कूल रु १४ लाख ८६ हजार ९०७ सामाजिक कार्य र विकास निर्माणमा खर्च गरेको जानकारी दिनुभयो ।

नेपाल प्रेस युनियन कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राजनीतिलाई आर्थिक उपार्जन गर्ने भन्दा पनि निस्वार्थ रुपमा जनताको सेवामा लगानुपर्दछ भनेर सरकारी सुविधा जनताको हितमा लगाएको बताउनुभयो । उहाँले निर्वाचित हुनुअघिनै राज्यबाट पाउने सेवा सुविधा समाजको हितमा लगाउने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“ राजनीति मेरा लागि सेवा हो, पेसाका रुपमा लिएको छैन । व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनलाई समस्या छैन । राजनीतिमा लागेर आर्थिक उपार्जन गर्ने भन्दा पनि जनताको सेवा गर्नु मेरो ध्येय हो, निर्वाचित भएदेखिनै त्यसमा प्रतिबद्ध छु ।”

मन्त्री थापाले विसं २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएदेखिनै सुविधाको रकम बिरामीको उपचार सहयोग, स्वास्थ्य सामग्री र दलित बस्तीमा खानेपानी लगायतका कार्यमा लगाउनुभएको छ । वर्सेनि उहाँले आफूले पाएको रकम सार्वजनिक गर्दै समेत आउनुभएको छ ।

उहाँले प्रदेशको समृद्धि र विकासका लागि सरकारको जिम्मेवार सदस्यका रुपमा प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो । मन्त्री थापाले यसवर्ष पोखरा महानगरपालिका–८, ११, १६ र वडा नं ९९शान्तिघाट०मा सडकबत्ती, फोकस लाइटर खरिदका लागि रु एक लाख ४२ हजार ७५० खर्च गर्नुभएको छ ।

यसैगरी वडा नं ११, १६, २०, २१, २४ र ३३ मा तारजाली र पाइप खरिदमा रु दुई लाख ५६ हजार, पोखरा वडा नं ८ र ९ विभिन्न टोल र स्थानमा सडक बत्तीका लागि र एक लाख २४ हजार, पोखरा–१६ तुम्के गल्र्याङमा खानेपानी पाइप सहयोगमा रु ६५ हजार, पोखरा–३३ को उपल्लोपूँडी, तल्लोपुँडी, आँपुकसेरी, चिसापानी लगायतका स्थानमा खेलकूद सामग्रीका लागि रु ६७ हजार ५०० लगायतका अन्य संस्था तथा व्यक्तिलाई आर्थिक सहयोग गरिएको मन्त्री थापाले जानकारी दिनुभयो ।

उहाँ विसं २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट विजयी हुनुभएको हो ।