७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

न्यायिक समिति महासङ्घ गठन १४ बुँदे घोषणापत्र जारी

न्यायिक समिति महासङ्घ गठन  १४ बुँदे घोषणापत्र जारी
अ+ अ-

पोखरा । पोखरामा सम्पन्न न्यायिक समितिको राष्ट्रिय सम्मेलनले न्यायिक समिति महासङ्घ गठन सहित १४ बुँदे घोषणापत्र जारी गरेको छ ।

सम्मेलनका अवसरमा न्यायिक समिति महासङ्घ गठन गरी सो मार्फत आगामी दिनमा न्यायिक समितिका अनुभव साझेदारी गर्ने तथा संविधान र ऐनको प्रभावकारी कार्यान्वयन गर्ने सिलसिलामा आयोजक संस्था पोखरा महानगरपालिका न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङको संयोजकत्वमा महासङ्घ गठन गरिएको हो ।

११ सदस्यीय महासङ्घका सदस्यमा इन्दिरा कार्की विराटनगर महानगरपालिका, मञ्जु भण्डारी सुवेदी धरान उपमहानगरपालिका, बिमला कुमारी शर्मा धुलिखेल नगरपालिका, मञ्जु अधिकारी प्यासी फलेवास नगरपालिका, शारदा शर्मा विष्ट कञ्चनपुर पुर्नवास नगरपालिका, चन्द्रकला शाही सिम्ता गाउँपालिका, लक्ष्मी खनाल रिब्दीकोट गाउँपालिका, दुर्गाप्रसाद राय, मधेश प्रदेश सवैला नगरपालिका धनुषा, लीला थापा राना, जैमीनी नगरपालिका र रवीन्द्रकुमार खाती ईन्द्रावती गाउँपालिका रहनुभएको छ ।

सम्मेलनले १४ बुँदे पोखरा घोषणापत्र जारी गर्दै न्यायिक समितिका कामलाई प्रभावकारी बनाउनका लागि ऐनमा रहेका विभिन्न प्रावधान परिमार्जन गर्न माग गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले पालिका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई नक्शापास लगायतका विषयमा न्यायिक अधिकार प्रदान गरेको उल्लेख गर्दै घोषणापत्रमा अधिकारक्षेत्र बाहिरका विषयमा ठाडो उजुरी प्रमुख वा अध्यक्षको आदेशमा दर्ता हुने अभ्यासले काममा दोहोरोपना, हस्तक्षेप र दबाब महसुस हुने गरेकोले एकद्वार प्रणालीमार्फत न्यायिक समितिबाट निर्धारित रीत र ढाँचा बमोजिम उजुरी दर्ता गर्ने तथा न्याय सम्पादन गर्ने गरी कानुनी प्रबन्ध गर्न ऐन संशोधनका लागि माग गरिएको छ ।

स्थानीय तहमा बसाइँसराइ वा अन्य जिल्लाबाट आई व्यक्तिगत बसोबास गरेका व्यक्ति न्यायिक समिति समक्ष पहुँचमा पुग्न नसकेको उल्लेख गर्दै घोषणापत्रमा विपक्षी वा प्रतिवादी बसोबास गरेको वा निवेदकले बसोबास गरेको पालिकाबाट न्यायिक समितिको सेवा लिनसक्ने गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा परिमार्जन गर्न अनुरोध गरिएको छ ।

संविधानको अनुसूची९८ मा उल्लिखित “अपाङ्ग र अशक्तको व्यवस्थापनको अधिकार” को प्रचलन गर्ने कानुनी व्यवस्थाका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ को उपदफा ९१० अन्तर्गत न्यायिक समितिको अधिकारक्षेत्रभित्र समावेश गर्न माग गरिएको छ ।

न्यायिक समितिबाट हुने न्यायिक निरुपणसम्बन्धी निर्णयको कार्यान्वयनमा चुनौती रहेको भन्दै घोषणपत्रमा उक्त निर्णयहरू उपर कुनै पुनरावेदन परी वा नपरी अन्तिम किनारा भएका निर्णयको कार्यान्वयनलाई बाध्यकारी बनाउने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा गर्न सरकार समक्ष माग गरिएको छ ।