७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता
अ+ अ-

काठमाडौ । आगामी बैशाख ३० सम्पन्न हुने स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले भाग लिन पाउने भएका छन ।

निर्वाचन आयोग, नेपालले सोमबार नियमित पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा भाग लिने सो संख्यामा रहेका मतदाताहरुको नामावली स्विकृत गरिएको जानकारी गराएको हो । जस अनुसार ८७ लाख ४१ हजार ५३० महिला मतदाता, ८९ लाख ९२ हजार १० पुरुष मतदाता र र १८३ अन्य मतदाताहरु रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनु भयो । स्थानीय तह निर्वाचनमा १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको पनि आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत र ६७६ जना निर्वाचन अधिकृतहरु तोकिएको र उनीहरुको नामावली चैत्र १३ गतेको गोरखापत्रका प्रकाशित गरिएको पनि बताउनु भयो ।

निर्वाचन आयोगले स्थानीय तह निर्र्वाचनको पर्यवेक्षणका लागि भाग लिन संस्थाहरुलाई निवेदन पेश गर्न पनि आह्वान गरेको छ । विगतको अभ्यास र अन्तराष्ट्रिय प्रचलन समेतको आधारमा राष्ट्रिय संस्थाहरुलाई मात्रै निर्वाचनको पर्यवेक्षण गर्न अनुमति दिइने पनि आयोगका प्रवक्ता पौडेलले स्पष्ट पार्नु भयो । त्यसका लागि ईच्छुक संस्थाहरुले १५ दिन भित्र विद्युतीय माध्यामबाट निवेदन दिन सक्ने व्यवस्था मिलाइएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आयोगका प्रवक्ता पौडेलले भन्नु भयो, ‘स्थानीय तह निर्वाचन २०७९ मा भाग लिन पाउने अन्तिम मतदाता नामावली आयोगबाट मिति २०७८ चैत्र १३ गते स्विकृत भएको छ । सो बमोजिम ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ अन्य गरी जम्मा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएका छन ।

यसैगरी कूल १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार नौं सय ५५ मतदान केन्द्र कायम भएका छन । स्थानीय तह निर्वाचन प्रयोजनका लागि नियुक्त हुने ७७ जना मुख्य निर्वाचन अधिकृत र ६७६ जना निर्वाचन अधिकृतको सूचि मिति २०७८ चैत्र १३ गतेको गोरखापत्रमार्फत सार्वजनिक गरिसकिएको छ । स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनको पर्यवेक्षकमा भाग लिन इच्छुक संस्थाहरुलाई निवेदन पेश गर्न चैत्र १२ र १३ गते सूचना आह्वान गरिएको छ ।

विगतको अभ्यास र अन्तराष्ट्रिय प्रचलन समेतको आधारमा राष्ट्रिय संस्थाहरुलाई मात्रै पर्यवेक्षण गर्न अनुमति दिइनेछ । इच्छुक राष्ट्रिय संस्थाहरुले १५ दिन भित्र विद्युतीय माध्यामबाट आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक पर्ने सबै मतपत्र जनक शिक्षा सामग्री केन्द्रबाट छपाई गर्ने गरी आयोगबाट मिति चैत्र १२ मा निर्णय भएको छ ।

सो बमोजिम उक्त केन्द्रलाई छपाई मेसिनलगायत पूर्वधार तयारी हालतमा राख्न निर्देशन दिइएको छ । टोल फ्रि नम्बर ११०२ सहितको कल सेन्टर संचालन गर्ने प्रयोजनका लागि आज मिति २०७८ चैत्र १४ गते उक्त कार्यमा खटिने जनशक्तिलाई अभिमुखिकरण तालिम दिने कार्य सम्पन्न भएको छ । उक्त कल सेन्टर मिति २०७८ चैत्र १५ बाट संचालनमा आउनेछ ।’

यसैबीच, निर्वाचन आयोग, नेपालले मत पत्र छपाईका लागि मेसिनलगायतका सामग्रीहरु तयारी हालतमा राख्न जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ । त्यसैगरी आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि यही चैत्र १५ गतेबाट कल सेन्टर संचालनमा ल्याउन लागिएको पनि जनाएको छ । प्रवक्ता पौडेलले त्यसका लागि आवश्यक जनशक्तिहरुलाई आज (सोमबार) नै अभिमुखिकरण तालिम दिइएको बताउनु भयो । निर्वाचन आयोगले कल सेन्टर संचालनका लागि ११०२ टोल फ्रि नम्बरको व्यवस्था गरिसकेको छ ।