• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   एमाले सचिवालय बैठक बस्दै ★   नयाँ राजनीतिक घटनाक्रममा बालेनको कटाक्ष: काले काले मिलेर खाऊ भाले ★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम र तितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक ★   कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ? ★   कांग्रेस–एमाले सत्ता समीकरणमा सहमति, ओली चौथो पटक प्रधानमन्त्री बन्ने ★   बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा ★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा

राप्रपा नेपाल बलियो शक्तिको रुपमा स्थापित हुनेछ – कमल थापा (भिडियोसहित)



वीरगञ्ज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी दिनमा आफ्नो पार्टी एउटा बलियो शक्तिको रुपमा स्थापित हुने दावी गर्नु भएको छ ।

चौरानब्बे प्रतिशतभन्दा बढि नागरिकहरु हिन्दु राष्ट्रको पक्षमा रहेकाले आफ्नो पार्टी आगामी दिनमा बलियो शक्तिको रुपमा स्थागित हुने उहाँको तर्क छ । स्थानीय तह निर्वाचनको तयारी भईरहँदा अध्यक्ष थापाले विगतमा आफ्नो पार्टीले लिएको हिन्दु राष्ट्र बनाउने अडानमा बहुसंख्यक जनताले ऐक्यवद्धता जनाएको उल्लेख गर्दै अव एउटा बलियो शक्ति बनेर उदाउने बताउनु भयो । सोमबार बीरगंजका स्थानीय सञ्चारकर्मीहरुमाझ उहाँले जनताले मन नपराएको राजसंस्थाको एजेण्डालाई आफ्नो पार्टीले छोडेको पनि स्पष्ट पार्नु भयो ।

राजसंस्थाको एजेण्डालाई छाडेपछि आफ्नो पार्टीलाई नागरिक समाज, बुद्धिजीवि र आमसञ्चार माध्यामहरुले पनि सकारात्मक रुपमा लिने उहाँको विश्वास थियो । अध्यक्ष थापाले आफू लोकतन्त्र, हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा लिएर जनतामा जाने पनि दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘आगामी दिनमा राप्रपा नेपाल लोकतन्त्र, हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा बोकेर जनताको माझमा जाँदैछ । र, मलाई पूरा विश्वास छ कि ९४ प्रतिशत सनातन हिन्दु राष्ट्रप्रति आस्था राख्ने ओमकार परिवारप्रति प्रतिवद्ध भएको कारणले गर्दाखेरी अव आगामी दिनमा राप्रपा नेपाल एउटा बलियो शक्तिको रुपमा स्थापित हुन सक्दछ ।

विगतमा हामीले हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा सँगसँगै लिएर जाँदा बहुसंख्यक जनताले हिन्दु राष्ट्रको पक्षमा ऐक्यवद्धता जनाएपनि सँगसँगै राजसंस्थाको एजेण्डापनि गाँसिएर आएको हुँदा तपाईहरुलाई सहयोग गर्न हामी सक्दैनौं भनेर भन्नु हुन्थ्यो । र, अहिले अव त्यो अवस्थाको अन्त्य भएको छ । र, नयाँ परिवर्तित सन्दर्भमा राप्रपा नेपालको नयाँ सोच र मार्गचित्रलाई नागरिक समाज, बुद्धिजीवि वर्ग र आमसञ्चार माध्यामबाट पनि सकारात्मक रुपमा ग्रहण गर्नु हुनेछ भन्ने हामीले आशा र विश्वास लिएका छौं । हामी कहिल्यै पनि हिन्दु राष्ट्रको एजेण्डालाई छाडेका छैनौं ।’

अध्यक्ष थापाले पश्चिमा मुलुकहरुको दवावका कारण संविधानमा हिन्दु राष्ट्र हटाएर धर्म निरपेक्षता भन्ने प्रावधान राखिएको दावी समेत गर्नु भयो ।