१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो

कर्मचारीको परीक्षणमा कोभिड–१९ पोजिटिभ देखिएपछि म्यानमारकी सुकी ‘क्वारेन्टाइनमा’

कर्मचारीको परीक्षणमा कोभिड–१९ पोजिटिभ देखिएपछि म्यानमारकी सुकी ‘क्वारेन्टाइनमा’
अ अ+ अ-

याङ्गुन । म्यानमारका पूर्वनेत्री आङ सान सुकीले आफ्ना कर्मचारीमा कोभिड–१९ फेला परेसँगै उनलाई क्वारेन्टाइनमा राखेपछि सैन्य अदालतमा तीन दिनको सुनुवाइ छोडेकी छिन् ।

७६ वर्षीय सुकीको नागरिक सरकारलाई गत वर्ष एउटा कूद्वारा अपदस्थ गरिएको थियो जसको ठूलो विरोध प्रदर्शन भएको थियो र सुकीमाथि केही यस्ता आरोप लगाइएको छ जसबाट उनलाई १५० वर्षभन्दा बढी समय जेल हुनसक्छ ।

हाल कथित भ्रष्टाचार, म्यानमारको आधिकारिक गोप्य ऐन उल्लङ्घन र निर्वाचन आयोगलाई दबाब दिएको आरोपमा मुद्दा चलिरहेको छ । सुकी गत बिहीबारदेखि अदालतमा उपस्थित नभएको कानूनी स्रोतले एएफपीलाई बताएको छ।

“उनका केही व्यक्तिहरू कोभिड–१९ बाट सङ्क्रमित भएका छन्… र त्यसैले उनी सङ्क्रमित नभए पनि उनलाई क्वारेन्टाइनमा राखिएको छ”, स्रोतले भन्यो, “हामी चिन्तित छौं किनभने हामीले उनलाई देख्न सकेनौँ।”

पूर्वराष्ट्रपति विन मिन्ट (सु कीसँगै अभियोग लगाइएका) भिडियो कन्फरेनसिङमार्फत सोमबार अदालतमा उपस्थित भएको स्रोतले थप्यो।

सैन्य हिरासतमा लिइएदेखि सुकी र उनका व्यक्तिगत कर्मचारीहरूलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाइएको उनका वकिलले गत जुलाईमा एएफपीलाई बताएका थिए।

उनी बिरामीका कारण सेप्टेम्बरमा सुनुवाइमा उपस्थित हुनसकेकी थिइनन् । अक्टोबरमा उनका वकिलले सेना समर्थित अदालतमा बारम्बार हाजिर हुँदा उनको स्वास्थ्यमा समस्या भएको बताएका थिए।

पत्रकारहरूलाई सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा कार्यवाहीबाट प्रतिबन्ध लगाइएको छ । साथै उनका वकिलहरूलाई प्रेससँग बोल्न प्रतिबन्ध लगाइएको छ।

सुकीलाई यसअघि सेनाविरुद्ध उक्साउने, कोभिड–१९ नियम उल्लङ्घन गर्ने र दूरसञ्चार कानून तोडेको आरोपमा कुल ६ वर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि उनी अन्य आरोपहरू लड्दै घरमै नजरबन्दमा छिन्।