२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले पीएनजीसँग खेल्दै



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले आज (सोमबार) पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा पाहुना टोली पीएनजीसँगको खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पीएनजीसँग क्लिन स्विप भएको नेपाल टी–ट्वान्टी सिरिजमा जित निकाल्दै त्यसको मूल्य चुकाउने रणनीतिसहित मैदानमा उत्रनेछ ।

यसअघि नेपाल र पीएनजीले एक पटक टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एक अर्काविरुद्ध खेलेका छन् । सन् २०१५ मा नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा पीएनजीसँग खेलेको थियो । जसमा नेपाल ८ विकेटले पराजित भएको थियो । नेपालले बुधबार सोही समयमा मलेसियाविरुद्ध खेल्नेछ भने बिहीबार पुनः पिएनजीसँग खेल्नेछ । यस्तै, शनिबार मलेसियाविरुद्ध खेल्नेछ । शीर्ष दुई टोलीले अप्रिल ४ मा फाइनल खेल्नेछ ।

नेपालको टोलीः सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी ।