३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले पीएनजीसँग खेल्दै



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले आज (सोमबार) पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा पाहुना टोली पीएनजीसँगको खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पीएनजीसँग क्लिन स्विप भएको नेपाल टी–ट्वान्टी सिरिजमा जित निकाल्दै त्यसको मूल्य चुकाउने रणनीतिसहित मैदानमा उत्रनेछ ।

यसअघि नेपाल र पीएनजीले एक पटक टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एक अर्काविरुद्ध खेलेका छन् । सन् २०१५ मा नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा पीएनजीसँग खेलेको थियो । जसमा नेपाल ८ विकेटले पराजित भएको थियो । नेपालले बुधबार सोही समयमा मलेसियाविरुद्ध खेल्नेछ भने बिहीबार पुनः पिएनजीसँग खेल्नेछ । यस्तै, शनिबार मलेसियाविरुद्ध खेल्नेछ । शीर्ष दुई टोलीले अप्रिल ४ मा फाइनल खेल्नेछ ।

नेपालको टोलीः सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी ।