१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति

आईपीएलः आरसीबीविरुद्ध पञ्जाबको रोमाञ्चक जित

आईपीएलः आरसीबीविरुद्ध पञ्जाबको रोमाञ्चक जित
अ अ+ अ-

एजेन्सी । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा दुई विकेट गुमाएर २०५ रन बनाएको थियो । जवाफमा पन्जाबले १९ ओभरमा पाँच विकेट गुमाएर २०८ रन बनाएर खेल जित्यो । यस खेलमा कुल २७ छक्का प्रहार गरिएको थियो । बैंगलोरबाट १३ छक्का र पञ्जाबबाट १४ छक्का थिए ।

रोयल च्यालेन्जर्स बैंग्लोरले राम्रो ब्याटिङ गरेको थियो । फाफ डु प्लेसिसको कप्तानी इनिङ्स र अन्तमा दिनेश कार्तिकको आक्रामक ब्याटिङले बैंग्लोरले २० ओभरमा दुई विकेट गुमाएर २०५ रन बनाएको थियो । विराट कोहलीले पनि राम्रो ब्याटिङ गर्दै २९ बलमा एक चौका र दुई छक्काको मद्दतमा ४१ रन बनाएर अविजित रहे । यस्तै, दिनेश कार्तिकले अन्तिममा १४ बलमा ३२ रनको अविजित इनिङ खेले । जसमा तीन चौका र तीन छक्का समावेश थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले सुस्त सुरुवात गरेको थियो । कप्तान फाफ डु प्लेसिस र अनुज रावतले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरे । राहुल चाहरले यो साझेदारी तोडेका थिए । उनले रावतलाई क्लिन बोल्ड गरे । रावतले २० बलमा २ चौका र एक छक्का प्रहार गर्दै २१ रन बनाउन सके । त्यसपछि विराट कोहली र डु प्लेसिसले चौका र छक्काको वर्षा गरे ।

यी दुईबीच दोस्रो विकेटका लागि ६१ बलमा ११८ रनको साझेदारी भयो । यसैबीच डु प्लेसिसले आफ्नो २३ औं अर्धशतक बनाए । उनी ५७ बलमा तीन चौका र सात छक्का प्रहार गर्दै ८८ रन बनाएर आउट भए । अर्शदीपले उनको विकेट लिए । सात रनको व्यक्तिगत स्कोरमा शाहरुख खानले डु प्लेसिसको क्याच छोडेका थिए तर अन्ततः शाहरुखले नै क्याच लिए ।

अन्त्यमा दिनेश कार्तिकले कोहलीसँग मिलेर बैंगलोरलाई २०५ रनको स्कोरमा पुर्याए । कार्तिकको स्ट्राइक रेट २२८ थियो । यस्तै, कोहलीले १४१ को स्ट्राइक रेटमा रन बनाए । कोहली र कार्तिकबीच तेस्रो विकेटका लागि १७ बलमा ३७ रनको साझेदारी भएको थियो । बैंगलोरले अन्तिम ५ ओभरमा एक विकेट गुमाएर ६३ रन बनाएको थियो ।

पञ्जाबको टोलीले राम्रो सुरुवात गरेको थियो । मयंक अग्रवाल र शिखर धवनबीच ७१ रनको ओपनिङ साझेदारी भयो । पञ्जाबलाई पहिलो झटका मयङ्कको रुपमा लाग्यो । उनी २४ बलमा ३२ रन बनाएर आउट भए । उनले आफ्नो पारीमा दुई चौका र दुई छक्का प्रहार गरे । यसपछि धवन र आईपीएल डेब्यु गरेका भानुका राजपाक्षेले दोस्रो विकेटका लागि २५ बलमा ४७ रनको साझेदारी गरे ।

धवन २९ बलमा ४३ रन बनाएर आउट भए । जसमा पाँच चौका र एक छक्का समावेश थियो। त्यसपछि सिराज चम्किए । १४औं ओभरमा उनले भानुका राजापाक्षे र डेब्यु खेल्ने राज बावालाई लगातार दुई बलमा पभिलियन पठाए । राजपाक्षे २२ बलमा दुई चौका र चार छक्का प्रहार गर्दै ४३ रनको शानदार इनिङ्स खेलेर आउट भए । सोही क्रममा अन्डर–१९ स्टार बावा शून्य रनमा पभिलियन फर्किए ।

लियाम लिभिङस्टोन १० बलमा १९ रन बनाएर आउट भए । जसमा दुई छक्का सामेल थिए । अन्तमा ओडियन स्मिथ र शाहरुख खानले २५ बलमा ५२ रनको अविजित साझेदारी गर्दै पञ्जाब टोलीलाई जित दिलाएका थिए । बैंगलोरका लागि सिराजले दुई विकेट लिए । यस्तै आकाश दीप, वानिन्दु हसरंगा र हर्षल पटेलले एक–एक विकेट लिए ।

आजको खेलः गुजरात टाइटन्सविरुद्ध लखनउ सुपर जाइन्ट्स – ७ः४५ बजे