४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

एनआरएनएले आर्जन गरेको ज्ञान र पूँजी भित्र्याए नेपालको समृद्दि टाढा छैन

संसारमा रहेका नेपाली जाग्यौँ भने यो देशलाई माथि उठाउन कुनै गाह्रो छैन

एनआरएनएले आर्जन गरेको ज्ञान र पूँजी भित्र्याए नेपालको समृद्दि टाढा छैन
अ+ अ-

संसारका कुनै पनि देशले आफ्ना गैर आवासीय नागरिकहरुबाट ज्ञान, सीप र पूँजीको अपेक्षा गरेको हुन्छ । हामी पनि यहाँहरुबाट यही अपेक्षा गर्दछौँ । यहाँहरु अध्ययन, रोजगारी तथा व्यापार व्यवसायाका सिलसिलामा विश्वमा रहँदा प्राप्त गर्नुभएका ज्ञान, सीप र पूँजीलाई स्वदेश भित्र्याउनुहोस् भनी म आग्रह गर्दछु ।

यहाँहरुले संसारमा आर्जन गर्नुभएको ज्ञान, सीप र पूँजी स्वदेशको विकासमा लगाउन पायौँ भने हाम्रो देशको विकास चाँडै सम्भव छ, र नेपाल र नेपालीको समृद्धि धेरै टाढा छैन भन्ने मेरो पहिल्यैदेखिको सोच हो । मलाई लाग्छ यस गैर आवासयी नेपाली संघमा मैले औपचारिक रुपमा धारणा राख्ने क्रममा मैले विगत देखि नै यही कुरामा जोड दिँदै आएको छु र अहिले पनि म यहाँहरुसँग नेपालमा लगानीको अपेक्षा गर्दछु ।

अहिले आफ्नो गाउँठाउँ र देशको विकास निर्माणका सम्बन्धमा नेपाली नागरिकको मानसिकतामा धेरै नै सकारात्मक परिवर्तनहरु आएको मैले अनुभव गरेको छु । विकास आफ्नै लागि हो भन्ने उनीहरुमा परेको छ ।

अनि प्रदेश तथा स्थानीय सरकारहरु पनि आफ्ना ठाउँमा लगानी भित्र्याएर केही गर्न पाए हुन्थ्यो भन्ने सोच राखेका छन् । विकासको सोचमा आएको यो निकै नै सकारात्मक परिवर्तन हो भन्ने मलाई लागेको छ । त्यसैले ‘फलाम तातेकै बेलामा घन हान्नुपर्छ’ भनेजस्तै अहिलेको यो अवस्थामा हामी बढी भन्दा बढी लगानी स्वदेशमा भित्रियोस् भन्ने चाहन्छौँ ।

निजी क्षेत्रको एक प्रतिनिधिका रुपमा मैले हेर्दा नेपालमा लगानीको वातावरण छैन भन्न मिल्दैन । हामीले काम थल्यौँ भने आइपर्ने वाधाहरुलाई सकारात्मक बनाउन पनि सक्छौँ । हामीले नै देशभित्र कैयौँ प्रोजेक्ट गरेका छौँ, यहाँहरुले देखिरहनुभएको छ । त्यसैले म स्वदेशमै धेरै सम्भावनाहरु देखेको छु ।

अनि अर्काे फाइदा हामीलाई के छ भने हाम्रो देशको माटो अत्यन्तै मलिलो छ । यहाँ हामीले पसिना पोख्यौँ भने सुन फलाउन सक्छौँ भन्ने आत्मविश्वास मेरो दिनप्रतिदिन बढ्दो छ । त्यसैले पनि सबै गैर आवासीय दाजुभाइ तथा दिदी बहिनीहरुलाई हाम्रै माटोमा लगानी गरौँ भन्ने मेरो आग्रह छ ।

मलाई लाग्दछ लगानीका क्षेत्रहरुको खोजीका लागि हामी धेरै भौँतारिनु पनि पर्दैन । हामीसँग जलविद्युत, पूर्वाधार, पर्यटनदेखि लिएर जल, जंगल र जडिबुटी आदिमा लगानीका प्रसस्त सम्भावना छन् । मात्र हामीलाई लगानीको खाँचो छ । त्यसैले म यहाँहरुलाई अहिले पनि लगानी, लगानी र लगानीका लागि आग्रह गर्दछुु । हामी गैर आवासीय साथीहरुसँग संयुक्त लगानीमा कैयौँ काम गर्न चाहन्छौँ । आउनुहोस्, लगानी ल्याउनुहोस्, सँगसँगै मिलेर काम गरौँ ।

कोभिड महामारीबाट थलिएका हामी र हामीमात्र नभएर विश्व नै तंग्रिने क्रममा छ । महामारीबाट आक्रान्त विश्व विस्तारै उठ्ने तरखर गरिरहँदा हामीले पनि अब उठ्ने योजना, आयोजनाहरु बनाउनुपर्ने अवस्था छ । यस्ता प्राकृतिक बिपत्तिबाट के कसरी बच्न र उठ्न सकिन्छ भन्ने विषयमा पनि यहाँहरुले विश्वका कुनाकाप्चामा रहेर आर्जन गरेको सीप र अनुभवलाई हाम्रो देशमा आदान प्रदान गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।

यसरी विश्वका कुनाकाप्चा रहेर अध्ययन गरी यहाँहरुले संगालेको सीप, ज्ञान, अनुभव र पूँजीलाई हाम्रो मातृभूमिको मलिलो माटोमा लगाउँ र सुना फलाउँ भन्ने नै मेरो आग्रह हो ।

यो महामारीबाट मैले सिकेको कुरा के हो भने जसरी दिनभर चारो खोज्न गएका चराचुरुंगीहरु साँझ परेपछि गुँडमा फर्किन्छन्, त्यसैगरी गएको महामारीमा पनि हामी संसारको जहाँ रहेको भए पनि घर भनेर आफ्नै मातृभूमिमा फर्किएको मैले पाएँ । गारो सारो पर्दा होस् या खुसी साट्न होस्, हामीलाई हाम्रो घर नै चाहिन्छ । त्यो अनुभव महामारीले पनि हामीलाई दिएको छ जस्तो मलाई लाग्छ ।

त्यसैले सुख साट्दा या दुःख पर्दा चाहिने हाम्रो घर नै पहिला बनाउँ भन्ने मेरो आग्रह हो । हाम्रा सन्ततिले र भोलिको पुस्ताले पनि हाम्रा पाका पूर्खाहरु जन्मेको माटो हो भन्ने भावना उनीहरुलाई पनि दिइ अहिल्यैदेखि हाम्रै माटोमा विकास गरौँ भन्ने मेरो आसय हो ।

म नेपाल सरकारलाई केही अनुरोध गर्न चाहन्छु । म नेपाल आगमनका लागि धेरै भन्दा धेरै देशलाई अन अराइभल भिसाका साथै भिसामा लाग्ने तस्तुर नेपाल सरकारले फ्रि गरोस् भनी आग्रह गर्दछु । किनभने भिसामा लाग्ने दस्तुरको राजस्व भन्दा पर्यटकको नेपाल आगमन र बसाईले नै नेपाललाई धेरै फाइदा पुग्दछ । यो माेडेल अहिले संसारका कैयौँ देशले अघि बढाएका पनि छन् ।

त्यस्तै नेपाल आउन खोज्ने कतिपय एनआरएनए साथीहरुलाई पनि भिसा एवं अध्यागमन सम्बन्धी समस्याहरु हुने गरेका सुनिएको छ । त्यसमा पनि सहजीकरण होस् भन्ने मेरो आग्रह छ ।

त्यस्तै अर्काे म के आग्रह गर्न चाहन्छु भने संसारका कुनै पनि देशबाट औपचारिक च्यानलबाट नेपालमा रेमिटेन्स पठाउनेलाई लाग्ने दस्तुरमा ९० प्रतिशत नै छुट दिन सक्यो भने पनि यसले देशको राजस्वमा सकारात्मक योगदान गर्न सक्नेछ । यसका लागि पनि पहाल होस् भन्ने मेरो आग्रह छ ।

म श्रीलंकाको एक दृष्टान्त प्रस्तुत गर्न चाहन्छु ।दुई दिन अघिमात्र एक विदेशी मिडियामा देखेको थिएँ श्रीलंकाली राष्ट्रपतिले आगामी वर्ष आफ्नो देशलाई अझै ठूलो आर्थिक संकट पर्ने भएकाले सहयोगका लागि विश्वमा रहेका गैरआवासीय श्रीलंकनहरुलाई आग्रह गरिरहनुभएको थियो । उहाँको आसय थियो आगामी वर्ष खाद्यान्नकै समस्या पर्न सक्छ, संसारमा रहेका श्रीलंकनहरुको सहयोग चाहिन्छ ।

मैले यो प्रसंग यहाँ किन उल्लेख गर्न चाहेको हो भने अप्ठेरो परेका बेलामा जहाँ रहेका भएपनि देशले आफ्ना नागरिकको खोजी गर्दछ, स्मरण गर्दछ । अनि सहयोगको अपेक्षा पनि गर्दछ ।

अन्त्यमा, हामी जहाँ छौँ र जे आर्जन गरेका छौँ, त्यसको केही हिस्सा हाम्रै घर बनाउने काममा लगाउँ भन्ने मेरो आग्रह हो । संसारमा रहेका नेपाली जाग्यौँ भने यो देशलाई माथि उठाउन कुनै गाह्रो छैन ।

  • (नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले  १० औँ गैर आवासिय नेपाली विश्व सम्मेलनलाई गर्नु भएको सम्बोधनको सम्पादित अंश)