• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना ★   शून्य समय: संसद् अवरुद्धले नागरिकका गुनासा सम्बोधन हुन पाएनन  ★   सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार ★   स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो: अर्थमन्त्री पुन ★   एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले ★   राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो: नेकपा एस

नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी आवश्यक – महामन्त्री थापा



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको बताउनुभएको छ ।

आइतबार १० औँ गैर आवासिय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालमा अबको आठ, दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको बताउनुभएको हो । उहाँले नेपालको कृषि बजारमुखि हुने र मानिसहरुलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको स्पष्ट पार्नु भयो ।

आन्तरिक स्रोतको परिचालनले मात्रै पूर्वाधारको विकास गर्न नसकिने भन्दै महामन्त्री थापाले बाह्य लगानी भित्र्याउनुपर्ने बताउनुभयो । पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि विकास हुनुपर्ने उहाँको भनाई थियो । महामन्त्री थापाले भन्नुभयो – ‘हाम्रो कृषि बजारमुखि हुने, हाम्रो मानिसहरुलाई एक्सपोर्ट गरेर बाहिर पठाउने, सामान इम्पोर्ट ल्याएर चलाउने । यो धन्दा मात्रै चलाइ राखेर हामीले जति कुरा गरे पनि हाम्रो अर्थतन्त्रको चरित्र जस्ताको तस्तै राखेर हाम्रो देशको अवस्था बदलिनेवाला छैन । यसलाई बदल्ने कुरा हो ।

यसलाई बदल्ने कुराको सन्दर्भमा एउटा डिर्पाचर हामीलाई चाहिएको छ । कृषिको क्षेत्र उद्योगमा नगएर सेवामा गएको छ । अब ८÷१० वर्ष ठुलो लगानी हामीलाई पूर्वाधारमा चाहिएको छ । कनेक्टिभिटी हाम्रो लागि एकदमै ठुलो, महत्वपूर्ण च्यालेन्ज हो । हामीसँग भएको स्रोत, आन्तरिक स्रोत सम्पूर्ण रुपमा परिचालन गर्दाखेरी पनि बाहिरको स्रोत नल्याइकन, बाहिरबाट स्रोत परिचालन नगरीकन हाम्रो पूर्वाधारलाई हामीसँग अहिले स्रोतको अभाव छ । त्यो हामीलाई चाहिएको छ । हामी यो ग्राण्डबाट ल्याउँला, लोनबाट ल्याउँला, डाइरेक्ट इन्भेष्टमेन्टबाट ल्याउँला एउटा पार्ट यो भयो । त्यसपछि हामीले यहाँको इजुकेशन र हेल्थ दुईवटा कुरा । हाम्रो हुमन डेभलपमेन्टको जुन अवस्था छ यो अवस्था नबदलीकन, पूर्वाधारले मात्र हामीलाई पुदैन ।’

महामन्त्री थापाले गैरआवासिय नेपालीलाई नेपालमा लगानी गर्न दिनुपर्ने बताउनुभयो । गैर आवासिय नेपालीहरुको लगानीसँग नेपालीहरु डराउनु नहुने उहाँले बताउनुभयो । उनीहरुलाई नेपालमा लगानी गर्न दिनका लागि नेपालका नेतृत्वले आत्मविश्वास देखाउनुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘हामी नेपालभन्दा बाहिर बसेका पहिलो पुस्ताका नेपालीलाई जसरी नागरिकता दिन डरायौँ । पासपोर्ट दिन डराएका हुन्छौ ।

जसरी तपाईहरुलाई अधिकार दिन डराएका हुन्छौँ । त्यसैगरीकन कता–कता तपाईहरुको लगानीसँग पनि होइन बाहिरबाट आएर कमाएर फिर्ता पो लिएर जान्छन् कि । यहाँ भएको हाम्रो जल, जमिन सबै चलाउँछन् पो हो कि भनेको जस्तो हामी भारतसँग वा चीनसँग, अमेरिकासँग, युरोपसँग मात्र होइन । आफ्नै दाजुभाइहरुसँग,आफ्नै दिदीबहिनीहरुसँग कहिँ न कहीँ मनमा त्यो संकुचन राखेर बसेका छौँ जसको कारणले गर्दाखेरी हामीले हात खोल्नुपर्ने हो, त्यो हात नखोलेर हाम्रो मुट्ठी कसिएको अवस्था छ । यो विषयको सन्दर्भमा नेपालको लिडरशिपले त्यो कन्फिडेन्स राख्नैपर्छ । र यसका केही नयाँ ढंगले हाम्रो साझेदारी गर्नैपर्ने हुन्छ ।’

महामन्त्री थापाले नेपालीले गैरआवासिय नेपालीहरुको लगानीलाई आशंकाको दृष्टिले हेर्नु नहुने बताउनुभयो ।