२० माघ २०८१, आईतवार
,
Latest
सागर ग्रुपले आईटी एक्स्पो गर्ने जुनेलो, फापर, गहत फलाउने किसान भएनन् नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्छः कार्यकारी निर्देशक अधिकारी क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने सांसद भट्टराईको प्रश्नः अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको बिरोध गर्ने ? बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए निजी क्षेत्रको अपेक्षा भन्दा माथि गएर सरकारले नीतिगत सुधारको लागि अध्यादेश ल्यायोः वरिष्ठ उपाध्यक्ष मल्होत्रा नेपालको लगातार तेस्रो हार, नेदरल्यान्डसँग १५ रनले पराजित जिमेल एकाउन्टमा एआई प्रयोग गरेर ह्याक के यो बियोन्सेको समय हो ? सङगीतका ए–लिस्टरहरू ग्रामीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई उचित सदुपयोग गर्न सकेन: डा.राजिव झा (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाल–चीन सम्बन्धका जानकार डा. राजिव झाले नेपालले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणलाई उचित सदुपयोग गर्न नसकेको बताउनु भएको छ । शुक्रवार तीन दिने नेपाल भ्रमणका लागि आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणलाई नेपालले उचित सदुपयोग गर्न नसकेको बताउनु भएको हो ।

उहाँले चिनियाँ विदेशमन्त्री यीको नेपाल भ्रमणका लागि नेपालले तयारी नै गर्न नसकेको पनि बताउनु भयो । झाले नेपाल र चीन सरकारबीच शनिवार भएको द्वीपक्षीय वार्तामा बीआरआई सम्बन्धिका कुनै पनि योजनाहरु नपर्नु अनौठो भएको बताउनु भयो । उहाँले विदेशमन्त्री यी नेपाल आउनुपूर्व बीआरआई सम्बन्धी परियोजनाका बारेमा पनि छलफल गर्ने कुरा भएपनि त्यो बारेमा कुनै पनि सम्झौताका बारेमा सरकारले कुरा उठाउन नसकेको बताउनु भयो । यसले नेपाल पक्षले बीआरआईको बारेमा कुरा गर्नै नचाहेको हो कि भन्ने आशंका पैदा भएको पनि बताउनु भयो ।

डा. झाले भन्नुभयो, ‘नेपालले चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणलाई उपयोग गर्न सकेन । नेपालको तयारी नै पुगेन वा नेपाल सरकारले वाङ यीको भिजिटलाई त्यति महत्व दिएको देखिएन । कारण के हो भने हिजो जब द्वीपक्षिय वार्ता भयो, त्यसमा विभिन्न सम्झौताहरु हस्ताक्षर गर्ने कुराहरु थिए । त्यसमा बीआरआई सम्बन्धिका योजनाहरु एउटा पनि परेको देखिएन । यो अचम्मको कुरा भयो ।

मैले सुनेको वाङ यी आउँदा विशेष रुपमा नेपाल सरकारले बीआरआई अन्तर्गत भएका सम्झौताहरु जुन २०१९ अक्टुबरमा प्रेसिडेन्ट सीको भिजिट हुँदा भएको थियो त्यसलाई नै अघि बढाउने कुरो थियो । तर यहाँ आउँदा ती परियोजनामध्ये कुनै पनि परेका देखिएन । कारण नेपाली पक्षले तयार नगरेको पनि देखियो । गर्न नचाहेको हो कि जस्तो पनि देखियो । नेपालले यो भिजिटलाई शतप्रशित सदुपयोग गर्न सकेन ।’

जानकार डा. झाले चीन सरकारले नेपाललाई विशेष महत्वका साथ विदेशमन्त्रीको भिजिट गराएपनि नेपालले भने खासै चासो नदेखाएको गुनासो गर्नुभयो । शुक्रवार तीन दिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ विदेशमन्त्री यी आज स्वदेश फर्किनुभएको छ । स्वदेश फर्किनुअघि विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएको थियो । भेटमा बिआरआई परियोजना अघि बढाउने, नेपालको स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिका अवस्थालाई उकास्ने, सीमानाका बलियो बनाउने, नाकाहरु खोल्ने लगायतका बारेमा छलफल भएको थियो ।