७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

नेपालले चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई उचित सदुपयोग गर्न सकेन: डा.राजिव झा (भिडियोसहित)

नेपालले चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई उचित सदुपयोग गर्न सकेन: डा.राजिव झा (भिडियोसहित)
अ+ अ-

काठमाडौं । नेपाल–चीन सम्बन्धका जानकार डा. राजिव झाले नेपालले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणलाई उचित सदुपयोग गर्न नसकेको बताउनु भएको छ । शुक्रवार तीन दिने नेपाल भ्रमणका लागि आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणलाई नेपालले उचित सदुपयोग गर्न नसकेको बताउनु भएको हो ।

उहाँले चिनियाँ विदेशमन्त्री यीको नेपाल भ्रमणका लागि नेपालले तयारी नै गर्न नसकेको पनि बताउनु भयो । झाले नेपाल र चीन सरकारबीच शनिवार भएको द्वीपक्षीय वार्तामा बीआरआई सम्बन्धिका कुनै पनि योजनाहरु नपर्नु अनौठो भएको बताउनु भयो । उहाँले विदेशमन्त्री यी नेपाल आउनुपूर्व बीआरआई सम्बन्धी परियोजनाका बारेमा पनि छलफल गर्ने कुरा भएपनि त्यो बारेमा कुनै पनि सम्झौताका बारेमा सरकारले कुरा उठाउन नसकेको बताउनु भयो । यसले नेपाल पक्षले बीआरआईको बारेमा कुरा गर्नै नचाहेको हो कि भन्ने आशंका पैदा भएको पनि बताउनु भयो ।

डा. झाले भन्नुभयो, ‘नेपालले चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणलाई उपयोग गर्न सकेन । नेपालको तयारी नै पुगेन वा नेपाल सरकारले वाङ यीको भिजिटलाई त्यति महत्व दिएको देखिएन । कारण के हो भने हिजो जब द्वीपक्षिय वार्ता भयो, त्यसमा विभिन्न सम्झौताहरु हस्ताक्षर गर्ने कुराहरु थिए । त्यसमा बीआरआई सम्बन्धिका योजनाहरु एउटा पनि परेको देखिएन । यो अचम्मको कुरा भयो ।

मैले सुनेको वाङ यी आउँदा विशेष रुपमा नेपाल सरकारले बीआरआई अन्तर्गत भएका सम्झौताहरु जुन २०१९ अक्टुबरमा प्रेसिडेन्ट सीको भिजिट हुँदा भएको थियो त्यसलाई नै अघि बढाउने कुरो थियो । तर यहाँ आउँदा ती परियोजनामध्ये कुनै पनि परेका देखिएन । कारण नेपाली पक्षले तयार नगरेको पनि देखियो । गर्न नचाहेको हो कि जस्तो पनि देखियो । नेपालले यो भिजिटलाई शतप्रशित सदुपयोग गर्न सकेन ।’

जानकार डा. झाले चीन सरकारले नेपाललाई विशेष महत्वका साथ विदेशमन्त्रीको भिजिट गराएपनि नेपालले भने खासै चासो नदेखाएको गुनासो गर्नुभयो । शुक्रवार तीन दिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ विदेशमन्त्री यी आज स्वदेश फर्किनुभएको छ । स्वदेश फर्किनुअघि विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएको थियो । भेटमा बिआरआई परियोजना अघि बढाउने, नेपालको स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिका अवस्थालाई उकास्ने, सीमानाका बलियो बनाउने, नाकाहरु खोल्ने लगायतका बारेमा छलफल भएको थियो ।