१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानेपामा अनशनरत नेता कार्यकर्ताहरुलाई उठायो प्रहरीले



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यता विवादलाई लिएर अनसन बसिरहेका कार्यकर्तालाई प्रहरीले हटाएको छ । सानेपामा अनशनरत रौतहट र सर्लाहीका नेता कार्यकर्ताहरुलाई प्रहरीले हटाएको हो।

विगत केही समयदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा बसेकाहरुलाई सभापति शेरबहादुर देउवाको निर्देशनमा हटाएको उनिहरुले आरोप लगाएका छन्।

सर्लाही कांग्रेसका पूर्व सभापति लक्ष्मण रायले प्रहरीले अस्पताल लैजाने भन्दै अनशन बसेकाहरुलाई उठाएको बताए।

अनसनरत कार्यकर्ता बिरामी पर्न लागेको भन्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले माग सम्बोधन गर्न देउवालाई आग्रह गरेका थिए। जवाफमा देउवाले अस्पताल लगेर उपचार गर्नुपर्ने बताएका थिए।