१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह निर्वाचन: तमलोपाद्वारा १५ बुँदे घोषणापत्र जारी



अ+ अ-

धनुषा ।आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलले आफ्ना घोषणापत्र जारी गर्ने क्रम सुरुआत भएको छ । यसक्रममा ‘समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्प’ भन्ने नारा सहित तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले शनिबार घोषणापत्र सार्वजनिक गरेको छ ।

जनकपुरधाममा आयोजित अन्तक्र्रिया कार्यक्रममा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र वरिष्ठ नेता डा विजयकुमार सिंहले संयुक्तरूपमा १५ बुँदे घोषणापत्र सार्वजनिक गर्नुभयो । घोषणापत्रमा संविधान कार्यान्वयनको महत्वपूर्ण चरण र नयाँ युगको थालनीका रूपमा स्थानीय तहको निर्वाचनलाई लिइएको उल्लेख छ । स्वतन्त्रता, समानता, लोकतान्त्रिक अधिकार, पहिचानको सम्मान र सङ्घीय स्वशासनका निम्ति निरन्तर सङ्घर्षरत रहने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

तमलोपाले ‘सङ्घर्ष समानता र सम्मानको मधेसीको पहिचानको’ निर्धारित गरेको जनाउँदै १० प्रदेशीय राज्य पुनःसंरचना, संविधान संशोधन, राज्य प्रायोजित प्रवासन, प्रदेशको भूमि प्रदेशकै अधिकार हुनुपर्ने, भूमिहीन दलित र सुकुम्वासीलाई आफ्नै जन्मथलोमा भूमि पाउने अधिकार, युवा र श्रमशक्ति, शिक्षामा सहज पहुँच हुनुपर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

त्यस्तै कृषि, उद्योग र व्यापार सन्तुलन, निजी सार्वजनिक भागिदारी, मधेस विकासका निमित्त दीर्घकालीन सहमतीय विकास रणनीतिको तर्जुमा, क्षेत्रीय पार्टीको मान्यताको प्रावधान, जनसङ्ख्या आधारित प्रतिनिधित्व, स्वतन्त्र र निष्पक्ष सञ्चार तथा व्यावहारिक विदेश नीतिलगायतका पार्टीको महत्वपूर्ण बुँदाहरू घोषणापत्रमा समावेश गरिएको छ ।

अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लालले पार्टी सक्रिय भएको एक महिना पनि नभएको अवस्थामा पार्टीलाई स्थानीय चुनावको निम्ति तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “निर्वाचनमा आफ्नो पार्टी कुनै गठबन्धनको पक्षमा छैन । लोकतन्त्रको निम्ति लोकतान्त्रिक शक्तिहरुबीच गठबन्धन जरुरी छ । ” कार्यक्रममा पार्टीका वरिष्ठ नेता डा सिंहले तमलोपाले देशलाई राजनीतिक विकल्प दिने दाबी गर्नुभयो । कार्यक्रममा पार्टीका विभिन्न जिल्लाका जिल्ला अध्यक्ष तथा नेता कार्यकर्ताको उपस्थिति थियो ।रासस