• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम ★   लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ ★   सामाजिक सञ्जालका आज भाइरल दुई तस्बिर ★   कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज ★   जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै ★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा

देशभरमा दसैँका लागि मासुको मूल्य निर्धारण, कुनको कति ?



काठमाडौं । मासु व्यवसायीहरुले दसैँका लागि मासुको मूल्य निर्धारण गरेका छन् । राष्ट्रिय मासु व्यवसायी सङ्घले फुलपातीका दिनदेखि लागू हुने गरी काठमाडौं उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगाको मासुको मूल्य निर्धारण गरिएको जनाएको हो ।

चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन् । आन्द्राभुडी राखिएको मासु प्रतिकिलो एक हजार रुपैयाँ, बोसो राखिएकाको एक हजार २०० रुपैयाँ र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार)को मूल्य एक हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै कुखुराको मासु प्रतिकिलो ३०० रुपैयाँ तथा रागाँ र बङ्गुरको मासु पाँच(पाँच सय रुपैयाँ तोकिएको छ ।

सङ्घका अध्यक्ष रमेश खड्गीका अनुसार खसी, बोका तथा राँगाको मूल्यमा दसैँको अवधिभर कुनै परिवर्तन नहुने बताउनु भएको छ। यही असोज ६ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैँका लागि मासुको गुणस्तर, मूल्य र सरसफाइमा ध्यान दिन निर्देशन दिएको थियो ।

मासु व्यवसायीसँग छलफल गर्दै विभागले गुणस्तरसँगै मूल्यमा एकरुपता ल्याउन आग्रह गरेकाले सङ्घले मूल्य निर्धारण गरेको हो । चीनबाट च्याङ्ग्रा नआउँदा स्वदेशी च्याङ्ग्राको मूल्य यस वर्ष दोब्बर बढ्ने अध्यक्ष खड्गीले बताउनु भयो। मुस्ताङमा उत्पादन कम र माग उच्च भएको भन्दै व्यवसायीले मूल्य बढाएका हुन् ।

सङ्घका अनुसार गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७०० देखि ८०० रूपैयाँ र मासु दुई हजार रूपैयाँसम्ममा बिक्री भएकामा यस वर्ष प्रतिकिलो जिउँदो च्याङ्ग्रा नै १२ देखि १५ सयसम्म पुग्ने अनुमान गरिएको छ ।