• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ?

भ्रष्ट नेतालाई भोट नदिने हो भने त्यो सजाय खुकुरी र तरवार चलाएको भन्दा ठूलो हुने हुन्छ: लिङदेन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री शेरबहादुर देउवाले अबको कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर दिन नेपाली काँग्रेसका नेताहरुलाई चुनौति दिनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताउनु भएको हो । उहाँले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीले कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर उनीहरुसँग नै नभएको आरोपसमेत लगाउनु भयो । उहाँले आगामी निर्वाचनमा भ्रष्ट नेतालाई भोट नदिने हो भने त्यो सजाय खुकुरी र तरवार चलाएको भन्दा ठूलो हुने बताउनु भयो । अध्यक्ष लिङदेनले ३१ वर्षसम्म नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नै सरकार चलाइरहेको भन्दै अब पनि उनीहरुलाई नै जिताएर देश बन्छ भन्नु मुर्खता भएको बताउनु भयो । उहाँले आफ्नो पार्टीले ५ वर्षमात्रै देशको नेतृत्व पाए देशको मुहार फेर्ने गरी काम गर्ने दाबी गर्नुभयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘आउने चुनावमा जानिजानि यस्ता भ्रष्ट नेताहरुलाई भेट नदिनुस् भन्न आएको हो । तपाईले खुकुरी, तरवार चलाएको भन्दा ठूलो सजाय त्यही हुन्छ । गन्दा थाहा पाउन्, बर्बाद भएछ । हामी सामान्य नागरिक भएर सोचौँ, कुनै दलको व्यक्ति भएर होइन । यिनै नेता यिनै पार्टी भनौँ, त्यति भन्दा तपाईले बुझिहाल्नु हुन्छ, दिनमा १२ पटक राजेन्द्रले हाम्रो नाम लिएर बसिरहेको छ भन्लान् ।

पाँच औँलाभन्दा बढ्ता छैनन् । नेकपा एमाले, नेकपा माओवादी र नेपाली काँग्रेसका त्यति नै नेतालाई हामीले कति समय थपिदियो भने देश विकास हुन्छ ? बडो आदारपूर्वक भनौँ, शेरबहादुर देउवालाई अब कति पटक वा कति वर्ष थपदियो भने उहाँ देश बनाउन सक्षम हुनुहन्छ ? कोही काँग्रेसको नेता हुनुहुन्छ शेरबहादुर देउवालाई अब ५ वर्ष दिए देश बन्छ भनेर भन्न सक्नुहुन्छ ? अथवा केपी ओली, प्रचण्ड, उहाँहरुलाई कति वर्ष र कति कार्यकाल थपेपछि यो देशबन्छ ?’

अध्यक्ष लिङदेनले जनताको हातमा पुनः शक्ति आउन लागेको भन्दै मतरुपी शक्तिलाई उचित सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले काँग्रेस, एमाले र माओवादीप्रति दक्षित गर्दै साँढेको टाँगमुनि बाल्टी थापेर दुध नआउने बताउनु भयो । अध्यक्ष लिङदेनले मुलधारमा रहेको पार्टीहरुको दिमाग बाँझो भइसकेको भन्दै जति भोट दिएपनि उनीहरुले देश नबनाउने दाबी गर्नुभयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘अब बेला आयो, वैशाख ३० गते स्थानीय तहको निर्वाचन छ । अबको एक वर्षभित्र प्रदेश तथा प्रतिनिधिसभाको पनि निर्वाचन हुन्छ । हाम्रो हातमा शक्ति फर्केर आउँदैछ । यसको पूर्णरुपले सदुपयोग गरौँ । साँढेको टाँगमुनि बाल्टी थापेर दुध पाइँदैन । साँढेको टाँगमुनि बाल्टी लिएर गएर साँढेको दुध दिएन भनेर साँढेलाई सुम्सुम्याएर दुध दिन्छ र ? पिटे पनि दुध दिँदैन । किनभने साँढेको धर्म नै दुध दिने होइन, आज यी पार्टीहरु त्यही भए । यिनीहरुलाई जति भोट दिए पनि देश बनाउँदैनन् । यिनीहरुको दिमाग बाँझो भइसक्यो ।

अब त्यो उर्वरता आउनेवाला छैन । अब हामीलाई पर्खने छुट र सुविधा छैन । आउने संसदीय चुनावमा मात्र होइन, एक पटक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई काठमाडौं महानगरको नै जिम्मा दिएर हेर्नुहोस्, हामी आफूले जितेका स्थानीय तहमा काम गरेर यिनीहरुले देश पाए कस्तो देश बनाउने रहेछन् भन्ने हिसावले त्यहाँबाट काम गर्छौं ।’

अध्यक्ष लिङदेनले राप्रपालाई एक पटक सरकारको नेतृत्वको जिम्मा दिएर हेर्न पनि आग्रह गर्नुभयो ।