७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट हो: झलनाथ खनाल

ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट हो: झलनाथ खनाल
अ+ अ-

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले  नेकपा एमाले माओवादीसँगको एकीकरणपछि नै सकिएको दाबी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजना भएको नेकपा समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय कमिटी प्रथम बिस्तारित बैबठकमा बोल्दै पूर्व प्रधानमन्त्री खनालले यस्तो बताउनु भएको हो । उहाँले नेकपा एमाले भनेको इतिहास भएको भन्दै अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट भएको आरोप लगाउनु भयो ।

पूर्व प्रधानमन्त्री खनालले नयाँ गुटले अहिले पनि देशभर नेकपा एमाले हौँ भनेर भ्रम छर्ने काम गरेको पनि बताउनु भयो । उहाँले नेकपा एमालेमा रहेका नेता तथा कार्यकर्तालाई जनताको साथ दिइरहेको पार्टी नेकपा एकीकृत समाजवादीमा आउन पनि आग्रह गर्नुभयो । उहाँले नेकपा एमालेले आगामी चुनावमा दुई तिहाई सिट नभएर दुई तीन सिट मात्र ल्याउने दाबी गर्नुभयो ।

पूर्व प्रधानमन्त्री खनालले भन्नुभयो, ‘तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई भत्काउनको लागि पार्टी विभाजन गर्ने कामहरु गरियो । तीन वर्षसम्म चलिसकेको एकीकृत पार्टीलाई विभाजित गरियो र त्यो विभाजन पछाडि उत्प्रेषणको अधिकारबाट एउटा नयाँ गुटको जन्म भयो । हामीले लामो समयदेखि लगाएर बनाएको नेकपा जुन थियो त्यो नवौँ महाधिवेशनसम्म लगातार जारी रह्यो । त्यसले महत्वपूर्ण ऐतिहासिक भुमिका पनि खेल्यो । तर निर्वाचनको पूर्व घडि तिरको सेरोफेरोमा हामीले त्यो पार्टी र नेकपा माओवादी केन्द्रसँग एकीकरण ग-यौं ।

एकीकरण गरेपछि त्यतिबेला त नेकपा एमाले त सिध्यो नि । त्यो त इतिहासको वस्तु भयो, त्यो इतिहासको वस्तु भइसकेपछिको अवधिमा उत्प्रेषणको अधिकारबाट सर्वोच्च अदालतबाट व्युँताइएको पार्टीको नाम हो अहिले केपी ओलीको नेतृत्वमा रहेको पार्टी । यो गुट हो । यो नयाँ प्रकारले जन्म भएको गुटले देशभर यो नेकपा एमाले हो भनेर भ्रम छरिरहेको छ ।

हामीले बनाएको नेकपा एमाले त्यो होइन । अझै पनि थुप्रै साथीहरु नेकपा एमालेभित्र हामीले तन्त्रमन्त्र सुनाएका, हामीले प्रशिक्षित गरेका साथीहरु भ्रमवश बस्नुभएको छ । सही क्रान्तिकारी कार्यनिष्ठातिर आउन, समाजवादको बाटोतर्फ अघि बढ्न हार्दिक आह्वान गर्न चाहन्छु, नेकपा एमालेले आगामी चुनावमा दुई तिहाई त होइन, त्यसको उल्टो दुई, तीन वटा हुनसक्छ । अब केपी ओलीले ल्याउने भनेको २÷३ वटा हो ।’

पूर्व प्रधानमन्त्री खनालले आफ्नो पार्टी नेपालको इतिहासमै छोटो समयमै राष्ट्रव्यापी बनेको पनि दाबी गर्नुभयो । उहाँले नेपालको इतिहासमै ६ महिनाभित्रको समयमा अहिलेसम्म कुनै पार्टीले आफूलाई राष्ट्रव्यापी बनाउन नसकेको पनि बताउनु भयो । पूर्व प्रधानमन्त्री खनालले ६ महिनामा पार्टी राष्ट्रव्यापी बन्नु असाधारण विकास भएको दाबीसमेत गर्नुभयो । उहाँले अहिले नेपालमा वैचारिक रुपले दक्षिणपन्थी अवसरवाद सबैभन्दा ठूलो अवरोध भएको बताउनु भयो । पूर्व प्रधानमन्त्री खनालले वर्गीय रुपले दलाल पूँजीवाद सबैभन्दा ठूलो समस्या भएको र त्यसबिरुद्धमा आफ्नो पार्टी लडिरहेको बताउनु भयो ।

पूर्व प्रधानमन्त्री खनालले भन्नुभयो, ‘यतिबेलाको नेपालमा वैचारिक रुपले यो दक्षिणपन्थी अवसरवाद सबैभन्दा ठूलो अवारेध हो । वर्गीय रुपले होइन । वैचारिक रुपले । विचार, नीति सन्दर्भमा यो सबैभन्दा ठूलो अवरोध हो । वर्गीय रुपले दलाल पूँजीवाद हो । त्यो बिरुद्ध हामीले लड्नुपर्छ । हामीले ६ महिनाअघि देखि बिद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेका छौँ ।

यो बीचमा एउटा राष्ट्रव्यापी पार्टीले आकार लिएको छ । नेपालको इतिहास पढ्नुस् त, टंकप्रसाद आचार्यले बनाएको पार्टीदेखि आजसम्म यति पार्टीहरु बने नेपालमा तर ६ महिनामा यत्रो राष्ट्रव्यापी कसले बनाएको थियो ? हामी सोध्न चाहन्छौँ । ६ महिनाको बीचमा यो पार्टीको जुन विकास भयो यो वास्तवमा असाधारण विकास हो । राम्रो ढंगले विकास गरेको छ । तर हामी यसमा सन्तुष्ट छैनौँ ।’

पूर्व प्रधानमन्त्री खनालले नेकपा एमाले आफैँ एउटा गन्जागोलको शिकार बनिरहेको पार्टी दाबी गर्नुभयो ।