१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी चुनावमा कुनै पनि वाम दलसँग सहकार्य हुँदैनः नेता बस्नेत



file
अ+ अ-

पर्वत । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताउनुभएको छ ।

पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिका स्तरीय भेलामा सहभागी हुन आज पर्वत आउनुभएका बस्नेतले कार्यकर्ता भेटघाटमा नेकपा एमालेबाहेक अन्य दलहरु गैह्रकम्युनिष्ट भएकाले ती दलहरुसँग तालमेल नहुने बताउनुभएको हो ।

उहाँले एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न नेकपा (माओवादी केन्द्र) सहितका कम्युनिष्ट पार्टीलाई आग्रह गर्दै एमाले एक्लै निर्वाचनमा लड्ने गरी तयारी अवस्थामा छ भन्नुभयो ।

निर्वाचनमा स्थानीय स्तरको आवश्यकता अनुसार तालमेल पनि हुनसक्ने बताउँदै उहाँले निर्वाचनमा सक्रिय भएर होमिन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।