१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबार गुरुयोजना छिट्टै ल्याइन्छ : मन्त्री झाँकी



अ+ अ-

काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरबार गुरुयोजना छिटोअघि बढाइने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा मन्त्री झाँक्रीले देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौसम्म अव्यवस्थित बनाएर राख्न नहुने बताउँदै सिंहदरबार गुरुयोजना स्वीकृत गरेर छिटो अघि बढाइने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “देशको प्रमुख प्रशासकीय केन्द्रलाई अस्तव्यस्त बनाएर गुरुयोजना अलपत्र पार्न मिल्दैन । सकेसम्म छिटोअघि बढाउन गृहकार्य थालेका छौँ ।” उहाँले सिंहदरबारभित्र युटिलिटी कोरिडोर बनाएर एकीकृत विकास योजना अघि बढाउनुपर्ने बताउनुभयो । सबै निकायको संलग्नतामा र अपनत्व हुने गरी गुरुयोजना स्वीकृत गरिने बताउँदै उहाँले सिंहदरबार गुरुयोजनामा सुरक्षा संवेदनशीलतालाई ख्याल गरी सर्वसाधारणको प्रवेशलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो । मन्त्री झाँक्रीले सिंहदरबार गुरुयोजना थप मजबुद बनाउन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण संलग्न टास्क फोर्स बनाएर गुरुयोजना बनाइने बताउनुभयो ।

सो अवसरमा शहरी विकास सचिव डा रमेशप्रसाद सिंहले सिंहदरबारभित्रको सुरक्षा प्रणाली उत्कृष्ट बनाउन गुरुयोजनाले प्रशासनिक केन्द्रलाई थप व्यवस्थित गर्ने बताउनुभयो । सो अवसरमा सशस्त्र प्रहरीका डिआइजी राजु अर्याल, नेपाल प्रहरीका एसएसपी राजेशनाथ बास्तोला र नेपाली सेनाका उपरथी निर्मलकुमार थापाले सिंहदरबारभित्र सर्वसाधारण आउन सहज हुने र सुरक्षाको दृष्टिले पनि असर नपुग्ने खालको अवस्था बनाउन गुरुयोजनामा उल्लेख गर्नुपर्ने बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सिंहदरबारभित्र इलेक्ट्रिक चार्जिर्ङ स्टेशन राख्न लागिएको जानकारी दिँदै सिंहदरबारभित्र सडक बत्ती व्यवस्थित गर्नेबारे छलफल गरेर अघि बढ्न सकिने बताउनुभयो । नेपाल टेलिकमकी प्रतिभा वैद्यले ‘सिंहदरबारभित्र अव्यवस्थित रहेको टेलिकमका तारहरू व्यवस्थित बनाइने छ’ भन्नुभयो ।