४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो

‘खाने तेलको मूल्य बढेको भएपनि चामलको मूल्य बढेको छैन’

‘खाने तेलको मूल्य बढेको भएपनि चामलको मूल्य बढेको छैन’
अ+ अ-

काठमाडौँ। वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताले पछिल्लो समय खाने तेलको मूल्य बढेको भएपनि चामलको मूल्य नबढेको बताउनु भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुप्ताले खाने तेलको मूल्य बढेको भएपनि चामलको मूल्य नबढेको बताउनु भएको हो । उहाँले चामलको मूल्य एक महिना अगाडि जुन मूल्य थियो अहिले पनि त्यही मूल्य रहेको बताउनु भयो । कुनै व्यवसायीले चामलको मूल्य बढाएर बेचेको भए सरकारलाई तत्काल अनुगमन गर्न आग्रह गर्नु भयो । अध्यक्ष गुप्ताले नेपालमा अहिलेसम्म एउटा पनि तेल उद्योग नभएको बताउनु भयो । उहाँले भएका केही तोरीको तेल उद्योग समेत बाहिरबाट अन्य तेल आयात गरेर बेच्ने गरेको दाबी गर्नु भयो । तेल पनि विदेशबाट नै आयात गर्नु पर्ने अवस्था भएकाले मूल्य वृद्धिको मार खेप्नु परेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले चामल दालको मूल्य बढेको अवस्था छ भन्नु भएको छ । म अनुरोध गर्न चाहान्छु । चामलमा अहिले कुनै पनि मूल्य बढेको छैन । पहिला चामलमा जुन मूल्य थियो । त्यो २ प्रतिशत भन्दा बढी मूल्य नबढेको जानकारी गराउँदु । कुनै व्यवसायीहरुले १० तथा २० प्रतिशत बढाउनु भएको छ भने सरकारले अनुगमन गर्नु पर्छ । दाल र तेलमा मूल्य बढेको अवस्था छ । तेलमा बढी मूल्य बढ्नुको कारण १० वर्ष पहिला हामी घरमा उत्पादन भएको तोरीको तेल प्रयोग गर्ने गथ्यौ । अहिले सबैले भटमास सनफ्लावरको तेल आयात गरेर प्रयोग गर्न थालेका छौं । अहिले देशमा तेल उत्पादन गर्ने एउटा पनि उद्योग नभएको जानकारी गराउँछु । युक्रेन विश्वको सबै भन्दा बढी तेल निर्यात गर्ने देश हो । त्यहाँबाट हामीले आयात गरेर तेल प्रशोधन गरेर बिक्रि गछौं । हामी आफ्नो तोरीको तेल उत्पादन गरेर किन प्र्रयोग नगर्ने । नेपालमा भएका तोरी तेलका उद्योगहरुले समेत अरु तेल आयात गरेर प्याकिङ गरेर बेच्नु पर्ने बाध्यात्मक अवस्था छ । किनकी तोरीको तेल बिक्रि नै हुँदैन ।

त्यस्तै अध्यक्ष गुप्ताले चुनाव नजिदै जाँदा राजनीतिक दल र अन्य संगठनले चन्दा माग्न थालेको बताउनु भयो । उहाँले चन्दा माग्ने र डर देखाउने क्रम बढेकाले सरकारले आगामी दिनमा औद्योगिक सुरक्षाबल बढाउन माग गर्नु भयो। सरकारले अघि उद्योगीलाई थाहै नदिई सुरक्षाबल हटाएको भन्दै अध्यक्ष गुप्ताले यसलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ चन्दाको कुरा आइ रहेको छ । चन्दाको कुरा आउनु स्वाभाविक प्रक्रिया होइन । उद्योगीहरु राजनीतिक व्यक्तिहरुसँग एउटा सम्बन्ध रहेको छ । नङ र मासुको सम्बन्ध छ । उद्योगीहरुसँग राम्रो सम्बन्ध भएकाले स्वइच्छाले चन्दा दिनु हुन्छ । कँही कर र कापहरु छन । यसको लागि हामीले गृहमन्त्री ज्युलाई पनि अनुरोध गरेका छौं । यस्ता कार्यहरुलाई कम गर्दै लानु पर्छ। भारत र नेपालमा चुनाव आउँछ । चुनावको समयमा भारतबाट पनि आपराधिक चरित्रका व्यक्तिहरु नेपाल आउन सक्छन् । त्यसमा सरकारले ध्यान दिनुपर्छ ।सरकारले बोर्डरको सुरक्षा कडाई गर्नु पर्छ ।’

त्यस्तै अध्यक्ष गुप्ताले नेपाल राष्ट्र बैंकको बस्तु आयातमा लागु गरेको सतप्रतिशत मार्जिनको व्यवस्थाले व्यवसायीहरुले आयात घटाएको बताउनु भयो । उहाँले अहिले रुस र युक्रेनको युद्धको कारण समेत व्यवसायी थप समस्यामा परेको बताउनु भयो । अध्यक्ष गुप्ताले सतप्रतिशत मार्जिनको व्यवस्था लागु गरेर सरकारले आयातलाई निरुत्साहित गर्न खोजेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो,‘ अहिले सम्पूर्ण उद्योगीहरुले आयातलाई घटाएको छ । एक जना उद्योगीले १० करोडको आयात गर्नु परो भने १० करोडको एलसी खोल्नु पर्ने अवस्था छ । पहिलो आयातको लागि बैंकले कर्जाको ग्यारेन्टी बस्ने गरेको थियो । नेपाल राष्ट्र बैंकले सामान आयात मार्जिन सतप्रतित लागु गर्दा समस्या भएको छ । जुन उद्योगीसँग पैसा छ । उसले मात्रै आयात गरेको छ । अहिले युक्रेन र रुसबीचको युद्ध र राष्ट्र बैंकको मार्जिनले आयातलाई निरुत्साहित गर्नुको साथै बजारमा बस्तुको मूल्य बढ्न सक्ने सम्भावना हुन्छ । सरकारले ढुवानीमा कर लगाउनु पर्छ कहिले हटाउनु पर्छ । विरगञ्जका ढुवानी व्यवसायीहरु संगठित हुन सकेको छैन । सरकारले आफ्नो देशको माटो सुहाउँदो नीति बनाउँनु पर्छ। सरकारले ढुवानीलाई व्यवस्थापन पर्नुपर्छ ।’

अध्यक्ष गुप्ताले लगाएको मार्जिनको कारण पैसा हुने व्यवसायीहरुले मात्रै आयात गर्न पाउने भएकाले बैंकबाट पैसा लिएर आयात गर्ने समस्यामा परेको बताउनु भयो । उहाँले सतप्रतिशत मार्जिनको व्यवस्थाले बजारमा बस्तुको मूल्य बढेको बताउनु भयो । सरकारले मुलुकको माटो सुहाउँदो उद्योग नीति बनाउन अध्यक्ष गुप्ताले सुझाव दिनु भयो ।