७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

सूर्य चिन्ह नहुँदैमा निर्वाचनमा एकीकृत समाजवादीलाई कुनै अप्ठेरो पर्दैन – माधव नेपाल

सूर्य चिन्ह नहुँदैमा निर्वाचनमा एकीकृत समाजवादीलाई कुनै अप्ठेरो पर्दैन – माधव नेपाल
अ+ अ-

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताउनु भएको छ ।

अध्यक्ष नेपालले कलम चिन्ह लिएर राष्ट्रियसभा निर्वाचनमा विजयको सुरुवात भईसकेको उल्लेख गर्दै सूर्य चिन्ह नहुँदैमा आगामी निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने दावी गर्नु भएको हो । कसैकसैले पार्टी भित्रैबाट सूर्य चिन्ह नहुँदा अप्ठ्यारो पर्छ कि भनेर भन्ने गरेको उल्लेख गर्दै उहाँले अप्ठ्यारो होइन् कलम चिन्ह लिएर जितको सुरुवात भईसकेको बताउनु भयो ।

पार्टी निकट मजदुरहरुको संगठन एकीकृत ट्रेड युनियन महासंघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीले कलम चिन्ह लिएर दोस्रो चरणको राष्ट्रियसभा निर्वाचनमा पनि जित हासिल गरेको स्मरण गराउनु भयो । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा पनि जित हासिल गर्नका लागि आफूहरुले बामलोकतान्त्रिक शक्तिहरुसँग मिलेर जाने विषयमा छलफल चलाई रहेको दोहो¥याउनु भयो ।

उहाँले भन्नु भयो, ‘हामीले विजयको सुरुवात पनि ग¥यौं । राष्ट्रियसभाको चुनावमा पहिलो पटक हामीले हाम्रो उम्मेदवारलाई जितायौं । र, जितायौ पनि कसरीभने ठ्याक्क त्यो उम्मेदवारले स्वतन्त्र उम्मेदवारको हैसियतले कलम चिन्ह लिनु भएको थियो । र, कलम चिन्हको जितको सुरुवात गरेर अगाडि बढेका छौं । त्यसो हुनाले कसैकसैलाई लाग्ला–सूर्य चिन्ह नभएको हुनाले अप्ठ्यारो पर्छ कि भनेर । अप्ठ्यारो होइन् हाम्रो जितको सुरुवात भईसकेको छ । कलम चिन्हले जित्न थालिसकेको छ । र, दोस्रो चोटी त झन एकीकृत समाजवादीको नाममा हामीले कलम चिन्ह बोकेर १९ वटा राष्ट्रियसभा सदस्य चुनावमा पनि उपस्थिति जनायौं । र, हाम्रा सबै उम्मेदवारलाई जितायौं ।

एउटाबाहेक सबैलाई जिताएर देखाएका छौं । अव फेरी हामी चुनावमा उत्रनुपर्नेछ । बैशाख ३० गतेको चुनावको तयारीमा, स्थानीय तह निर्वाचनको तयारीमा हामीले जुट्नु पर्नेछ । यो जुट्ने सन्दर्भमा बामपन्थी शक्तिहरुबीच मिलेर जाने, लोकतान्त्रिक शक्तिहरुसँग पनि मिलेर जाने विषयमा छलफल भईरहेको छ ।’

अध्यक्ष नेपालले केपी ओली नेतृत्वको एमालेलाई गफाडीको संज्ञा दिनु भयो । त्यसले सरकारमा हुँदा पनि गफबाहेक अरु केही पनि काम नगरेको उहाँको भनाई थियो ।