• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन

हनुमानढोका दशैं घरमा यसरी राखियो जमरा (भिडियो रिपोर्ट)



काठमाडौं । आज घटस्थापना । वैदिक सत्य सनातन हिन्दूहरुको महान पर्व बडा दशैँको पहिलो दिनको रुपमा घटस्थापनालाई लिइन्छ । आज देशैभर हिन्दूधर्मावलम्बीहरुले आ आफ्नो घरमा जमरा राखेर दशैँको शुरुवात गर्दछन् ।

आजबाट हरेक दिन दुर्गा भवानीको पूजाआराधना गरी दुर्गा सप्तशती चण्डी तथा देवी भागवत पाठ गरेर नवदुर्गाको आराधना गरिन्छ । काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत घटस्थापनाको शुभ साइत आज बिहान (११ः४६) मा जमरा राखेर घटस्थापन गरिएको छ । घटस्थापन गर्दा नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएको थियो भने बन्दुक पड्काएर बाढाइँ गरेको छ । हनुमान ढोकाका पुजारी सुदिप लामिछानेले हनुमान ढोकास्थित दशैँघरमा आज विधिवत् रुपमा जमरा राखेको बताउनुभयो । उहाँले जौ, विधिको लागि मकै र गहुँ मिसाएर बालुवा र चोखो माटोमा जमरा राखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विशेष गरी बडा दशैँको पहिलो दिनमा घटस्थापना नेपाल पञ्चांग निर्णायक समितिले दिएको साइतमा हामीले अनुष्ठान गरेर वैदिक कर्महरुको विधिपूर्वक जमरा राखिएको छ, पहिलादेखि नै चलेको कामलाई निरन्तर्ता दिएको हो , घटस्थापनाको साइतमा एउटा घडा स्थापना गरी नवौँदिनसम्म अनुष्ठान गरी मनाइन्छ । यसमा विशेष जौ, विधिको लागि मकै र गहुँ राख्ने गरिन्छ ।’

हरेक वर्ष घटस्थापनाको दिन दशैँ घरमा जमरा राख्ने गरिन्छ । आज नवरात्रीको पहिलो दिन भएकोले शैलपुत्रीको पूजा आराधना गरेर नवरात्रीको शुरुवात गरिएको छ । नवरात्रीभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । त्यस्तै विजया दशमीको दिन देवी विसर्जन गरी १० बजेर २ मिनेटमा देवीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्ने चलन छ । विजया दशमीका दिन भगवान श्रीरामले नवरात्र व्रत गरी रावणमाथि विजय पाएको उत्सवका रुपमा मनाउन थालिएको भन्ने गरिएको छ भने कसैले राक्षसहरुमाथि दुर्गा देवीको विजयोत्सवको रुपमा मनाउने प्रचलन छ । दशैँको दिन आफूभन्दा ठूलाबडा मान्यजनहरुबाट टीका र जमरा लगाइ आशिर्वाद लिने चलन छ ।