२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्‍चार मन्त्रालयको जिम्मा कार्कीलाई



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्कीलाई दिने भएका छन् । बिहिबार सत्ता गठबन्धन दलबिच भएको सहमती अनुसार कांग्रेसले लिएकामध्ये सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी कार्कीलाई दिने भएका हुन् । उनी हाल कानुन, न्याय तथा संसदीय मामिलामन्त्री छन् ।

प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालय आफैँसँग राख्ने भएका छन् । अरुभन्दा महत्वपूर्ण मन्त्रालय भएकाले प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालय आफैँसंग रोखेको एक नेताले बताए । ‘अरुभन्दा महत्वपूर्ण मन्त्रालय हो । त्यही कारण रक्षा उहाँ आफैँले राख्नुहुन्छ,’ उनीनिकट एक नेताले भने ।

सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबण्डा मिलाएर शुक्रबार मन्त्रिपरिषद्लाइ पूर्णता दिने सहमति जुटाएको हो । अब कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादीले ५ तथा जसपा र एकीकृत समाजवादीले ४/४ मन्त्रालय पाउने भएका छन् । समाजवादीले २ राज्यमन्त्री पनि पाएको छ ।