१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले उपाध्यक्ष पौडेल पूर्वनिर्धारित कार्यक्रम छोट्याएर स्वदेश फर्किँदै



file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेल आजै स्वदेश फर्कँदै हुनुहुन्छ ।

चीनको कुन्मिङमा आयोजना भएको एक कार्यक्रममा भाग लिन जानुभएका पौडेल आज साझँ सात बजेतिर स्वदेश फिर्ता हुन लाग्नुभएको हो ।

उहाँसँगै टोलीमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल रहनुभएको छ ।

आजै चिनियाँ विदेशमन्त्री वाङ यी भारत हुँदै नेपाल आउँदै हुनुहुन्छ । विदेशमन्त्री वाङ यीले राष्ट्रपति, प्रधानमन्त्री, नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।