१० असार २०८३, बुधबार
,
Latest
इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गलेश्वरधाममा ३० हजार भक्तजनले दर्शन गरे



अ+ अ-

गलेश्वर । म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वर धाममा महाशिवरात्रिको दिन ३० हजारभन्दा बढी भक्तजनले दर्शन र पूजाअर्चना गरेका छन् भने  साढे ३ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।

बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाममा महाशिवरात्रिको दिन मङ्गलबार साँझसम्म मन्दिरमा दर्शन र पूजाआजाका लागि ३० हजार बढी भक्तजन आएका र सोही दिन तीन लाख ५३ हजार ८७ रुपैयाँ भेटी चढेको गलेश्वर शिवालय क्षेत्रविकास कोषका कोषाध्यक्ष बालकुमारी रोकाले बताउनुभयो ।

शिवरात्रिमा सरोकारावाला निकायको उपस्थितिमा गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको उहाँले जानकारी दिनुभयो । मन्दिरमा सङ्कलन भएको भेटी  मुचुल्का गरेर प्रहरीकै सुरक्षामा कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समूह, प्रहरी र स्थानीयवासीको उपस्थितिमा करिब तीन घण्टासम्म गनेर सार्वजनिक गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारीदिनुभयो ।

“कोरोनापछि भक्तजनको भीड लागेको थियो, अघिल्ला शिवरात्रिको तुलनमा झण्डै एक लाख बढी सङ्कलन भएको छ” उहाँले भन्नुभयो । सङ्कलित भेटी कोषको खातामा जम्मा गरिएको छ । दान सङ्कलन गर्ने क्रममा छिटफुट भेटिलाई समेत हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ । ठूला पर्वमा भोलिपल्टै र नियमित रुपमा महिनाको दुई पटक गन्ने गरिएको कोषका कार्यालय प्रमुख रामबहादुर बानियाँले बताउनुभयो । 

कोरोना भाइरसको जोखिमका कारण गतवर्ष सामान्य पूजा भएकोमा यसपटक महाशिवरात्रि पर्वका अवसरमा भक्तजनको भीड बढेको हो । सोही पारेर गलेश्वरधाममा भगवान शिव महादेवको स्वयं उत्पत्ति ज्योर्तिलिङ्गको पूजाअर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाबाट श्रद्धालु भक्तजन आएका थिए । मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रुपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा ११ गौमुखी धारा जडान भएको छ । 

गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर कालीगण्डकी नदीको गङ्गाजलले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको सङ्ख्यामा वृद्धि भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

कृष्णा गण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनलेसमेत दर्शन गर्ने गरेका छन् ।

यहाँ रहेको विशाल चट्टानमा ज्योतिर्लिङ्ग, शालिग्राम, जलकुण्ड, शङ्खचक्र, नागमणि आदि चक्राकार रुपि चिन्ह स्वंयम उत्पन्न भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । (रासस)