२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक : मुख्यमन्त्री



अ+ अ-

कणली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताउनुभएको छ ।    कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु २२ करोडमा निर्माण भएको ‘कर्णाली मल’ को आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले निजी क्षेत्रको लगानीबाट मल निर्माण हुनु प्रशंसनीय कार्य भएको विचार व्यक्त गर्नुभयो । “सरकारको एक्लो प्रयासले विकास र समृद्धि असम्भव छ”, उहाँले भन्नुभयो, “यसका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य छ ।”

मुख्यमन्त्री शाहीले सडक निर्माण गर्नु मात्रै विकास हो भन्ने बुझाई नागरिकमा व्याप्त रहेको जनाउनुभयो । रोजगारीसहितको व्यापारिक योजनाबाट आम नागरिकमा सन्तुष्टि दिनु र आर्थिक गतिविधि बढाउनु पनि विकास होे भन्ने बुझ्न सुझाउँदै उहाँले कर्णालीमा विभिन्न क्षेत्रमा लगानी गर्ने लगानीकर्तालाई अनुकूल वातावरण तयार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

निजी क्षेत्रबाट सञ्चालनमा ल्याइएको यो प्रदेशकै पहिलो ‘कर्णाली मल’ को प्रारम्भमा ५० जना युवालाई रोजगारी दिएको मलका प्रबन्ध निर्देशक सुशील शर्माले बताउनुभयो । कर्णालीको सापेक्षतालाई अध्ययन गरी यहाँका नागरिकलाई सस्तो मूल्यमा गुणस्तरीय सामान उपलब्ध गर्ने र दशवटै जिल्लामा सुविधा सम्पन्न कम्प्लेक्स बनाएर स्थानीय उत्पादनलाई व्यवस्थापन गर्ने उद्देश्यले मल सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक शर्माले जनाउनुभयो ।     

उहाँका अनुसार दसैँ तिहारलाई लक्षित गरेर खाद्य वस्तुमा दुई र लत्ताकपडालगायत अन्यमा १०–१५ प्रतिशत छुट दिइएको छ । मलले विद्युतीय सामग्री, भाँडाकुँडा, लत्ताकपडा, सबै प्रकारका खेलौना बिक्रीवितरणका साथै उपभोक्ताका लागि होटल पनि सञ्चालन गरेको छ ।