२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.95

Wind: 1.03

Humidity: 46

Latest
सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, तोलामा कति पुग्यो? वनस्पति क्षेत्र को थप विकास र व्यवस्थित गर्न जरुरीः वनमन्त्री ठकुरी दुर्गा प्रसाईँलाई काठमाडौं ल्याइँदै टिपरको ठक्करबाट चाइनिज कामदारको मृत्यु अर्थमन्त्री पौडेलसमक्ष उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले प्रतिवेदन बुझायो, के छन् अर्थतन्त्र सुधारका सुझाव ? राज्यमन्त्री पूर्णबहादुर तामाङले सोधे सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण आज पनि देशभर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विशेषको फैसला चित्त नबुझेको भन्दै आयोग सर्वोच्चमा गोरखा–जितगढी एकीकरण पदयात्रा तनहुँ आइपुग्यो चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताका घरदैलो नजिकैबाट सेवा प्रवाह हुन थालेको छ : ऊर्जामन्त्री भुसाल



अ+ अ-

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधा घरदैलो नजिकै पुर्‍याएको बताउनुभएको छ ।

ललितपुर महानगरपालिका–२३ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “पाँच वर्षका बीचमा स्थानीय सरकारले जनताका धेरै काम गरेका छन्, जनताका घर आँगनमा सिंहदरबार सार्थक भएको छ ।” स्थानीय तहको पहिलो सरकार गठन हुँदा कतिपय स्थानमा भौतिक पूर्वाधार नभएको बताउँदै मन्त्री भुसालले उपलब्ध साधन र स्रोतको सही तवरले प्रयोग गरेर जनतालाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कानुन पनि नभएको अवस्थामा जनताको आकांक्षालाई सम्बोधन गर्न गाह्रो थियो, अनुभव पनि थिएन, यद्यपि पाँच वर्षमा स्थानीय सरकारले धेरै काम गरेका छन् ।”

जनताले घर नजिकैबाट सेवा पाएकोमा खुसी व्यक्त गर्दै मन्त्री भुसालले परिवर्तनको आन्दोलनमा आफूहरूले जीवन खर्चिएको र परिवर्तनका एजेन्डा कार्यान्वयन गर्ने अवसर पाएकाले त्यसलाई स्थानीय जनप्रतिनिधिले भरपुररुपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । ललितपुर महानगरपालिका र त्यसअन्तर्गतका वडा मात्र नभई देशभरका स्थानीय सरकारले जनतालाई गुणस्तरीय सेवा दिनुपर्नेमा उहाँको जोड थियो । मन्त्री भुसालले आधुनिक प्रविधिको अधिकतम प्रयोग गरेर स्थानीय सरकारले जनताको सेवा गर्नुपर्छ भन्नुभयो ।

ठेकेदारका कारण कतिपय भौतिक पूर्वाधारका काममा ढिलाइ हुने गरेको उल्लेख गर्दै मन्त्री भुसालले जनताले आफ्नो अधिकारका लागि निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नभुयो, “जनप्रतिनिधिले आफ्ना जनताका लागि योजना पार्ने हो, बजेट छुट्याउने हो, त्यसपछि खरिद प्रक्रियामा जान्छ, त्यसपछि स्थानीय उपभोक्ताले विशेष चासो राख्नुपर्छ ।” जनताको आवश्यकताको आधारमा विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले आफूले विनास गरेरभन्दा पनि संरक्षण गर्दै विकास गर्ने सोचका आधारमा अगाडि बढ्ने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गमैत्री आधुनिक भवन बनेसँगै अबका दिनमा जनताले गुणस्तरीय सेवा पाउनुपर्ने बताउनुभयो । उहाँले महानगरपालिकाले निरन्तर जनताका कामलाई विशेष प्राथमिकता दिने विश्वाससमेत दिलाउनुभयो । सो अवसरमा भवन निर्माणमा आर्थिक तथा भौतिक सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । वडाध्यक्ष भुयुकाजी महर्जनले वडा कार्यालय भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।