७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

केपी ओली ज्ञानेन्द्र निवास जाने गरेको माधव नेपालको खुलासा

केपी ओली ज्ञानेन्द्र निवास जाने गरेको माधव नेपालको खुलासा
file photo
अ+ अ-

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको बताउनु भएको हो । अखिल नेपाल महिला संघ (समाजवादी)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ओली दक्षिणपन्थी भएको दावी गर्दै दक्षिणपन्थी शक्ति राप्रपासँग पनि चुनावमा मिलेर जाने प्रयास गरिरहेको तर्क गर्नु भयो ।

तर आफूहरु भने बामपन्थी, लोकतान्त्रिक शक्ति भएकाले काँग्रेस लगायतका शक्तिहरुसँग चुनावी तालमेल गरेर अघि बढने उहाँको भनाई थियो । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनसँग मिलेर चुनावमा जाने अडान लिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु देउवाप्रति आभार पनि व्यक्त गर्नु भयो । त्यसका लागि काँग्रेसको संस्थागत निर्णयको पर्खाईमा आफूहरु रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले अन्य बामपन्थी राजनीतिक शक्तिहरुले पनि आफ्नो पार्टीसँग चुनावी तालमेलका लागि प्रस्ताव गरिरहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘शेरबहादुरजीले पटकपटक भन्नु भएको छ–

यो गठबन्धनसँगसँगै हामी चुनावमा जानेछौं । अव पार्टीले नै के निर्णय गर्छ, हामी पर्खेर बसिरहेका छौं । हामी आफ्नो शक्तिको बलमा अगाडि बढन चाहन्छौं । चुनाव बैशाखको ३० गते नै हुन्छ । त्यसमा तपाईहरु अलमलमा पर्नुपर्ने आवश्यक्ता छैन । त्यसकारण बैशाख ३० गते चुनावको तयारीमा अव सिंगो पार्टी लागेको छ । त्यही अनुसार हामीले कमिटी बनाईरहेका छौं । कमिटीलाई परिचालित गर्ने काम गरिरहेका छौं । पार्टीको कमिटी बन्यो भने त्यसैले शक्तिको परिचालन गर्छ । त्यसैले उम्मेदवारको छनौंटका लागि छलफल चलाउँछ । र, हामी आफ्नो तर्फबाट आफ्नै शक्ति र बुताले जित्न सक्ने कहाँकहाँ छ ? तर चुनाव हो । कहिले एक भोटले हारिन्छ । कहिले जितिन्छ ।

हाम्रो आरजुजीले भन्नु भएछ– म कैलालीबाट उठछु । त्यसका लागि गठबन्धन चाहिन्छ । गठबन्धनको पक्षमा छु भनेर उहाँले पनि भन्नु भयो । धन्यवाद छ उहाँलाई पनि । त्यसो हुनाले हामीसँग मेल खाने, मिल्ने, विचार मिल्नेसँग हातेमालो गर्दै जान्छौं । मोहन विक्रम सिंहको पार्टीले पनि हामीसँग मिलेर जाने प्रस्ताव राख्नु भएको छ ।

जनता समाजवादी पार्टीले पनि मिलेर जाने प्रस्ताव राख्नु भएको छ । माओवादी केन्द्रको पनि त्यस्तै प्रस्ताव छ । काँग्रेस भित्रको एउटा हिँस्साले पनि मिलेर जानुपर्छ भनेर प्रस्ताव राख्नु भएको छ । तर यो गठबन्धनलाई तोड्नका लागि केपी ओली लागि परेका छन । तर उनी पनि गठबन्धन गर्दैछन, कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन । राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन । विदेशीहरुसँग दलाली गर्ने पार्टीहरुसँग तालमेल गर्न खोजिरहेका छन । किनभने उनीहरु दक्षिणपन्थी शक्ति हुन । दक्षिणपन्थी शक्तिहरु उनीहरुसँग मिल्छन । हामी बामपन्थी, लोकतान्त्रिक शक्ति हौं । लोकतान्त्रिक शक्ति र बामपन्थी शक्तिहरुसँग मिलेर अघि बढछौं । तपाईहरु पनि पहिलो त आफ्नो शक्तिमाथि भरोसा गरेर संगठन निर्माण गरेर आफ्नो हैसियत कायम राखेर अगाडि बढनोस् । हैसियत नभएकालाई कसैले पत्याउदैनन् । आफनै शक्ति र संगठन नभएकालाई कसैले पत्याउँदैनन् ।’

अध्यक्ष नेपालले आफ्नै शक्तिको भरमा चुनाव जित्नेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । उहाँले एमाले परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको दावी समेत गर्नु भयो । पार्टी स्थापना भएको ६ महिनाको छोटो अवधिमा कुनै पनि पार्टीले नेपालको इतिहासमा आफ्नो पार्टीले जस्तो आकार ग्रहण गर्न नसकेको पनि उहाँले बताउनु भयो । अध्यक्ष नेपालले भन्नु भयो, ‘हिमाल होस्, पहाडहोस्, तराईँ । पूर्वहोस् वा पश्चिम । सबैतिर हाम्रो पार्टी फैलिँदै गईरहेको छ । हाम्रो पार्टीको विस्तार देखेर हाम्रा वैरीहरु आत्तिएका छन । आत्तिएर उनीहरुले आफ्नो मानसिक सन्तुलन गुमाउन थालेका छन । जव मान्छेको मानसिक सन्तुलन गुम्छ, अनि ऊ बर्बराउन थाल्छ । अनि बर्बराउने बेलामा के बोले, के बोलिन उसलाई होस् नै हुँदैन । बेहोसी अवस्थामा हुन्छ । यसबाट हामीले आत्तिनुपर्ने केही पनि अवस्था छैन । विरोधीहरुले अनेकखाले भ्रमहरु पैदा गरेका हुन्छन । तपाईहरुले पनि ती भ्रमहरु, पैmल्याइएको कुप्रचारहरुको बारेमा जानकारी राखिरहनु भएको होला । हेक्का राख्नु भएको होला ।

एउटा प्रचार गरिएको थियो–कि प्रेम आलेमन्त्री, कृष्णकुमार श्रेष्ठ अर्का मन्त्री दुवै मध्यरातमा बालकोट पुगेर अव एमालेमा सहभागी हुने, एकीकृत समाजवादी परित्याग गर्ने भनेर समाचारमा सम्प्रेषित भयो । अनि कतिपय मानिसहरुलाई के हो कमरेड, फोनको घण्टी खाली त्यही कुरा बुझ्नका लागि बज्ने गर्दथ्यो । तर अव त्यो भ्रम पनि छैन । यस्ता कुप्रचारहरु गर्नका लागि खप्पिस भईसकेका तिनीहरुले हँुँदै नभएका कुराहरुको हल्ला मच्चाउने गर्दछन । त्यसमा कुनै सत्यता रहेको हुँदैन । अहिले सबै ठाउँमा पार्टी प्रवेशको पनि लहर चलिरहेको छ । अहिले भर्खर नेकपा एमाले परित्याग गरेका हाम्रा यसरी एमाले परित्याग गर्ने एउटा लहर चलेको छ । र हाम्रो पार्टीमा प्रवेश गर्ने महाअभियान सुरु भएको छ । सबै तहमा । कहिले कुनै जिल्लाबाट, कहिले कुनै अर्को जिल्लाबाट । अस्ती धादिङमा जाँदाखेरी भन्नु भयो–गल्छी नगरपालिकाले के घोषणा ग¥यो भने हामीलाई कसैले पनि पराजित गर्न सक्दैन । एक्लै आफ्नो शक्तिले हामी जित्न गईराखेका छौं ।

यति ६ महिनाको छोटो अवधि भित्र कुनै पनि पार्टी ले यत्रो विशाल आकार ग्रहण गर्न नसेको छैन । हामी दावाका साथ भन्छौं–६ महिनाको समय भित्र कुनै पनि पार्टीले यत्रो ठूलो आकार ग्रहण गर्न सकेको छैन । देशका ७७ वटै जिल्लामा फैलिएको हाम्रो पार्टीको संरचना ७ सय ५३ वटा पालिकाहरु मध्ये अधिकांश पालिकाहरुमा पार्टी कमिटी निर्माण भएको स्थिति अनि ६ हजार ७ सय ४३ वटा वडाहरु छन देशभर । ती वडाहरुको पनि अधिकांश वडाहरुमा कमिटी गठन भईसकेको यो अवस्था कति वटा पार्टीको होला ? तपाई हिसावकिताव गरेर भन्नुस् त ? त्यसो हुनाले हाम्रो पार्टीमा त्यो क्षमता छ । त्यो खुबी, त्यो आकर्षण छ । र, त्यो हैसियत छ । यो कसरी सम्भव भयो त ? सम्भव किन भयो भने पार्टीले सही विचार अगाडि सा¥यो । पार्टीले सही नीति अवलम्बन ग¥यो । हाम्रो पार्टीले क्रान्तिकारी विचार बोकेर ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले सही विचार लिएर अघि बढेकाले जनलहर देखा परेको पनि बताउनु भयो ।