२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनकोसीका सबै घरमा खानेपानी



अ+ अ-

सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–१ ठोकर्पाका सबै घरधुरीमा मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गरिएको छ ।

बिहीबार एक कार्यक्रमबीच पूर्वसूचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति उद्घाटन गर्नुभएको थियो । उद्घाटनकै क्रममा नता बस्नेतले मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गर्ने नेपालकै पहिलो वडा घोषणासमेत गर्नुभयो ।

कार्यक्रममा सुनकोसी गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले सुनकोसीको वडा नं १ बाट सुरु भएको यो अभियान अब गाउँपालिकाका सबै वडामा सञ्चालन हुने बताउनुभयो ।

वडाका सम्पूर्ण घरधुरी तथा सङ्घ संस्थासहित ७८६ धुरीमा पानी उपलब्ध गराउने कार्य सम्पन्न भएको वडाध्यक्ष नेत्रबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार वडाका सबै घरधुरीमा मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गर्ने यो वडा नेपालमै पहिलो हो ।

अत्यन्त सुक्खा ग्रस्त क्षेत्रको रुपमा विगत लामो समयदेखि यहाँका स्थानीयले खानेपानीको चरम अभाव भोगिरहेको यो वडामा अब करिब छ महिनाको सुक्खा समयमा खानेपानी मागको करिब ४५ प्रतिशत डिपबोरिङ, ३५ प्रतिशत लिफ्टिङ र बाँकी २० प्रतिशत अन्य प्राकृतिक मुहानबाट खानेपानीको अपूर्ति भइरहेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

वर्षायामको समयमा करिब शतप्रतिशत नै प्राकृतिक मुहानको पानीलाई शुद्धीकरण गरी खानेपानी ‘सिस्टम’मा जोडेर खानेपानीको आपूर्ति गरिएको छ ।




भर्खरै