२४ भाद्र २०८३, बुधबार
,
Latest
यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा पक्षले गुमायो बाजुरामा सभापति



अ+ अ-

बाजुरा। नेपाली काँग्रेस बाजुराको सभापतिका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका रामसिंह रावल निर्वाचित भएका छन् । दोस्रोपटक गरिएको मतदानमा  रावलले सभापति शेरबहादुर देउवा पक्षीय वर्तमान सभापति कविराज पण्डितलाई पराजित गरेका हुन् । 

अन्तिम परिणामअनुसार उनले ६०५ मत ल्याएर रावल सभापति भएका हुन्।  उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले ५६६ मत पाएका छन्।  रावललाई पहिलो राउन्डबाट बाहिरिएका सभापतिका उम्मेदवार चक्र शाहले सहयोग गरेका थिए।

पौडेल निकट केन्द्रीय सदस्य बद्री पाण्डेले गृह जिल्लामा आफू अनुकूलको नेतृत्व ल्याउन सफल भएका छन् ।

पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः निर्वाचन भएको थियो । दोस्रो चरणको चुनावमा पण्डित रावलसँग पाराजित भए । अघिल्लो जिल्ला अधिवेशनमा पण्डितसँग रामसिंह रावल जिल्ला सभापतिमा पराजित भएका थिए ।

यस्तै उपसभापतिमा पदम बडुवाल, नारायण उपाध्याय निर्वाचित भएका छन् । सचिवमा तिलक पुरी, भरतबहादुर रोकाया विजयी भएका छन् भने सह सचिव कृष्णराज उपाध्याय, सुरेन्द्र बहादुर सिंह निर्वाचित भएका छन् ।