• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

पुष्पकमल दाहालद्वारा चितवनमा चेपाङ नमूना बस्तीको उद्घाटन



चितवन । चितवनको माडीस्थित कुसुमखोलाबाट विस्थापित चेपाङहरुका लागि बनाइएको कुसुमखोला नमूना चेपाङ बस्तीको उद्घाटन गरिएको छ । त्यस क्षेत्रका सांसद समेत रहनु भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार सोही ठाउँमा पुगेर बस्तीको उद्घाटन गर्नु भएको हो ।

उद्घाटनका लागि पुग्नु भएका अध्यक्ष दाहालसहितका जनप्रतिनिधिहरुलाई स्थानीयले भव्य रुपमा स्वागत गरेका थिए । कुसुमखोला, भालुखोला र अन्य भित्री चेपाङ बस्तीहरुबाट विस्थापित र स्थानान्तरित भई आएका चेपाङहरुको निम्ति सो स्थानमा निर्वाचन क्षेत्र विकास कोषबाट नमूना चेपाङ बस्ती कार्यक्रम अनुसार ४१ घर परिवारको आवास निर्माणको काम पूरा भएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सो चेपाङ बस्तीलाई सहकारीको माध्यामबाट आत्मनिर्भर बनाउन लागिपर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले सो बस्ती उद्घाटन गर्ने अवसर आफूलाई प्राप्त भएकोमा खुशी व्यक्त गर्दै त्यस वरपरका ठाडो खोलाहरुको तटबन्ध निर्माणका लागि पनि आफूले सकेको सहयोग गर्ने आश्वासन दिनुभयो ।

अध्यक्ष दाहालले चितवनका सबै क्षेत्रको विकासका लागि आफूले पहल गरिरहेको कुरा स्थानीयलाई राम्ररी थाहा भएको पनि बताउनुभयो ।