१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बजे बस्ने तय भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री शेरबहादुर देउवाले विचाराधीन ‘रेल्वे विधेयक, २०७६’ फिर्ता लिन राष्ट्रियसभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

यसैगरी प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसमेत रहेका देउवाको तर्फबाट ‘संघीय निजामती सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत हुनेछ ।