२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय निर्वाचनमा शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरण सिर्जना गर्न गृहमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरण सिर्जना गर्न निर्देशन दिनुभएको छ ।

बिहीवार गृहमन्त्रालयमा बसेकोे केन्द्रिय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाँणले सुरक्षा निकायलाई यस्तो निर्देशन दिनुभएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनु भयो । उहाँले बैठकमा चिनियाँ विदेशमन्त्रीको सुरक्षा तयारीका बारेमा पनि छलफल भएको बताउनु भयो । चिनियाँ विदेशमन्त्री वाङ यी भोलि (शुक्रवार) तीन दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । त्यस्तै बैठकमा समसामयिक सुरक्षा स्थिति र निर्वाचनको तयारीका बारेमा पनि छलफल भएको गृहमन्त्रालयका प्रवक्ता पोखरेलले बताउनु भयो ।

प्रवक्ता पोखरेलले भन्नुभयो, ‘समसामयिक सुरक्षा स्थितिको बारेमा छलफल भयो । खासगरि अब निर्वाचन आउन ५० दिन बाँकी छ । निर्वाचनका सम्बन्धमा हामीले अपनाउनु पर्ने रणनीतिका सम्बन्धमा, शान्तिपूर्णरुपमा निर्वाचन सञ्चालन गर्दा अपनाउनु पर्ने रणनीतिका बारे हामीले छलफल ग¥यौं । गृहमन्त्रीले शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरण सिर्जना गर्नलाई सबैले आ आफ्नो ठाउँबाट खटेर योगदान गर्नुपर्छ भन्नुभयो । मित्र राष्ट्र चीनका विदेशमन्त्रीको भ्रमण भोलि छ, त्यसको पनि सुरक्षा तयारी राम्रोसँग भइरहेको छ ।’

प्रवक्ता पोखरेलले आगामी स्थानीय तहको निर्वाचनमा अपनाउनु पर्ने रणनीतिका बारेमा छलफल भएको जानकारी दिनुभयो ।