३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

नासाको सबैभन्दा ठूलो खोज– पृथ्वीजस्तै पाँच हजार रहस्यमय ‘संसार’ सौर्यमण्डलको सीमाभन्दा बाहिर छन्

नासाको सबैभन्दा ठूलो खोज– पृथ्वीजस्तै पाँच हजार रहस्यमय ‘संसार’ सौर्यमण्डलको सीमाभन्दा बाहिर छन्
अ+ अ-

वासिङ्टन । अन्तरिक्षको बारेमा हामी सबैको मनमा एउटा प्रश्न उठ्छ– के हामी ब्रह्माण्डमा एक्लै छौँ ? वैज्ञानिकहरूले सूर्यको वरिपरि घुम्ने र अर्बौं किलोमिटरको दूरीमा रहेका ग्रहहरू पत्ता लगाएका छन्।

यी ग्रहहरू मिलेर हाम्रो सौर्यमण्डल बनाउँछन्। तर अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यो खगोलीय सीमाभन्दा बाहिरका नयाँ ग्रहहरू पत्ता लगाएको छ र अझै पत्ता लाग्न बाँकी रहेको अन्तरिक्षको गहिराइमा पाँच हजारभन्दा बढी ग्रह रहेको पुष्टि गरेको छ ।

नासाले अन्तरिक्ष अन्वेषणमा नयाँ कोसेढुङ्गा कायम गरेको छ । ६५ वटा नयाँ ग्रह पत्ता लगाएर नासाले हाम्रो सौर्यमण्डलबाहिर ताराहरूको परिक्रमा गर्ने पाँच हजारभन्दा बढी खगोलीय पिण्डहरू रहेको पुष्टि गरेको छ।

नासा एक्सोप्लानेट आर्काइभले अध्ययनका लागि ६५ नयाँ ग्रह पत्ता लगाएको छ जसमा पानी, सूक्ष्मजीव, ग्यास वा सम्भवतः जीवन हुन सक्छ।

नासाले प्रत्येक ग्रह आफैँमा नयाँ संसार, नयाँ ‘ग्रह’ भएको बताएको छ । पत्ता लगाइएका पाँच हजार ग्रहहरू संरचना र विशेषताका आधारमा विभिन्न वर्गका छन्।

यसमा पृथ्वी जस्ता साना र चट्टानी ग्रहहरू, बृहस्पतिभन्दा धेरै गुणा ठूला ग्यासयुक्त ग्रहहरू र आफ्ना ताराहरूलाई धेरै नजिकबाट परिक्रमा गर्ने अत्यन्त तातो ग्रहहरू समावेश छन्।

हाम्रो सौर्यमण्डलमा ‘सुपर(अर्थ्स’ जस्तो ग्रह पनि छन् जुन हाम्रो पृथ्वीभन्दा धेरै गुणा ठूला र चट्टानयुक्त छन् साथै ‘मिनी–नेप्च्युन’ जस्ता ग्रहहरू छन् जुन नेप्च्युनभन्दा पनि सानो छन्।

प्रश्न उठ्छ, “के हामी एक्लै छौँ ?” जवाफ हो– हो, किनभने संसारभरका खगोलविद्हरू विश्वास गर्छन् कि निकट भविष्यमा हामीले अन्तरिक्षको गहिराइमा ‘जीवन’ जस्तो केही फेला पार्न सक्ने प्रबल सम्भावना छ किनकि जीवनको खोजीका लागि उम्मेदवार ग्रहहरूको सङ्ख्या द्रुत गतिमा बढिरहेको छ।

तर अहिलेसम्म यी नयाँ ग्रहहरूको गहिरो अध्ययन भएको छैन। जेम्स वेब जस्ता स्पेस टेलिस्कोप र विज्ञानको बढ्दो क्षमताले यो खोजमा सबैभन्दा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।