२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझाका नेता वैद्यसहित सयौं कार्यकर्ता एमालेमा प्रवेश



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीका नेता दिपेश वैद्यसहित नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीका खादा लगाएर उनीहरुलाई स्वागत गरेका हुन् । वैद्य गएको प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ (क) प्रदेशसभाको उम्मेद्वार थिए ।

एमाले प्रवेश गर्नेमा विवेकशील साझाका वाग्मती प्रदेश सम्पदा विभाग प्रमुख सुमित दास रञ्जितकार पनि रहेका छन् ।
उनीहरु सहित सयौं कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

एमालेले स्थानीय तहको निर्वाचनलाई केन्दित गर्दै पार्टी प्रवेशको अभियान देशैभर चलाइरहेको छ ।