५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

महराका स्वकीय सचिव शर्मा एमालेमा प्रवेश



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) परित्याग गरेका प्रमोद शर्मा नेकपा ( एमाले) प्रवेश गरेका छन् । उनी माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव हुन् ।

माओवादी केन्द्रको घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत रहेका शर्माले दुई दिनअघि पार्टीमा असन्तुष्टि जनाउँदै माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका थिए ।

नेकपा एमालेको आज काठमाडौँमा बसेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शर्मा र उनकी पत्नी सीतालाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

शर्मा पत्नी सीता अघिल्लो स्थानीय निकायको निर्वाचनमा माओवादी केन्द्रबाट घोराही उपमहानगरपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी थिइन् तर उनी पराजित भएकी थिइन् ।