१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.03

Wind: 1.03

Humidity: 68

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा भारत जाँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । उनी आगामी अप्रील १ मा भारत जाने र अप्रिल ३ तारिखसम्म त्यहाँ रहने बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ ।

उनी भारत भ्रमणमा जाने तयारीमा रहेको सो स्रोतले बतायो । तर यो भ्रमणका बारेमा औपचारिक सार्वजनिक भने गरिएको छैन ।प्रधानमन्त्री देउवा चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण लगत्तै भारत भ्रमण जाने तयारीमा रहेको बताइएको हो ।

पछिल्लो पटक अर्थात् गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका उनी भारत भ्रमणमा गएका छैनन् ।यसअघि भारत भ्रमणको मिति तय भएको भए पनि भारतमा बढ्दो कोरोना महामारीका कारण स्थगित भएको थियो ।