१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसबाट बडू, रिजाल, रेग्मी र चौधरी मन्त्री बन्दै



अ+ अ-

काठमाडौँ । नेपाली  कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम र मन्त्रालय टुंगो लागेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले थप चार जनालाई सरकारमा सहभागी गराउने निर्णय गर्नुभएको छ ।

काग्रेसले सरकारमा पठाउन लागेकाहरुमा  दिलेन्द्रप्रसाद बडूलाई कानुन न्याय तथा संसदीय मामिला , मिनेन्द्र रिजाललाई रक्षा ,उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, र उमाकान्त चौधरीलाई खानेपानी मन्त्री बनाउने तयारी भएको छ ।

यसै गरीकानुनमन्त्री रहनु भएका ज्ञानेन्द्रबहादुर  कार्कीलाई सञ्चार मन्त्रालयको जिम्म दिने तयारी प्रधानमन्त्री देउवाले गर्नुभएको छ । यस अघि नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्र र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त हुनु भएको थियो । मन्त्रीपरिषद् बिस्तार हुदा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ भने पदमुक्त हुनुहुने छ । स्वास्थ्य  मन्त्रालय नेकपा एकिकृत समाजबादीको भागमा परेको छ ।