• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

अन्तरदेशीय सूचनामा पहुँचका लागि कुटनीतिक पहल आवश्यक : विपद् विज्ञ डाक्टर तुलाधर



काठमाडौँ । आज विश्व मौसम दिवस । “पूर्व सूचना र पूर्व तयारी” भन्ने नाराका साथ बुधवार नेपालमा पनि यो दिवस मनाइएको छ । प्रत्येक वर्ष मार्च २३ तारिकका दिन मनाईने यो दिवस विश्व मौसम संगठनको स्थापना दिवसको अवसर पारेर सन् १९५० देखि मनाउन थालिएको हो ।

मौसम दिवस मनाउन थालेको ७० वर्ष पुगिसक्दा पनि नेपालमा अझै मौसमजन्य प्रकोपको पूर्व सूचना प्रणाली बलियो हुन सकेको छैन । नेपाल लगायत विश्वभर नै जलवायुजन्य विपद्का घटनाहरु बढीरहेका छन् । प्रत्येक दिन एक सय १५ जनाले जलवायुजन्य विपद्बाट ज्यान गुमाइरहेका छन् । विगत ५० वर्षमा विश्वभरका २० लाख मानिसले जलवायुजन्य विपद्का कारण ज्यान गुमाएको तथ्यांक छ ।

मौसमजन्य प्रकोपबाट जनधनको सुरक्षाका लागि पूर्वसूचना प्रणाली नै महत्वपूर्ण हुने यस क्षेत्रका जानकारहरु बताउँछन् । तर नेपाल सरकारले अझै पनि बाढीको पूर्वसूचना बाहेक अन्य बहुप्रकोपिय प्रकोपको पूर्वसूचना प्रणालीको स्थापना गर्न सकेको छैन । त्यसैगरी अन्तरदेशीय पूर्वसूचना प्रणालीका लागि पनि पहल गरेको देखिँदैन ।

यसै सन्दर्भमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु तथा विपद्विज्ञ डा. धर्मराज उप्रेतीले मानवजीवन बचाई भौतिक सम्पतिको संरक्षणका लागि पूर्वसूचना प्रणाली महत्वपूर्ण रहेकाले सरकार र निजी क्षेत्र मिलेर त्यसमा काम गर्नुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय जलवायु जन्य प्रकोपका घटना विश्वभर नै बढ्दै गएकाले प्रकोपको प्रभावजन्य पूर्वसूचना प्रणालीमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

उहाँले भन्नुभयो “पूर्वसूचना जनसमुदायसम्म पुगेपछि मात्रै जनधनको क्षति कम गर्न सक्छौँ । त्यसैले सरकारी निकायबाट सूचना चाडो र पर्याप्त समय पुग्नेगरी दिने । अहिले ३ दिनको पूर्वसूचना जल तथा मौसम विज्ञानले दिने गरेको छ । यसलाई ७ दिनको समय दिन सक्दा क्षति कम गर्न सहयोग पुग्ने र त्यसको पूर्वसूचना संघदेखि प्रदेश र स्थानीय तहसम्म पुग्नुपर्छ । क्षमता अभिवृद्धि गरी स्थानीयस्तरसम्म सूचना पु¥याउन सक्दा समुदाय, समाज र गाउँ सुरक्षित हुने भएकाले सबैले सहकार्य गरेर प्रभावमा आधारित पूर्वसूचना दिनु आवश्यक छ । ”

विपद्विज्ञ डाक्टर गंगालाल तुलाधरले मौसमजन्य विपद्को पूर्व तयारीका लागि पूर्वसूचना नै महत्वपूर्ण भएकाले पूर्वसूचना प्रणालीलाई व्यवस्थित र मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले पूर्वसूचना प्रणालीमार्फत जनधनको क्षति हुनबाट जोगाउने मुख्य दायित्व सरकारको भएकाले समयमै त्यसतर्फ ध्यान जानुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले मौसमजन्य प्रकोपको पूर्वसूचना प्राप्त गर्ने सन्दर्भमा सरकारले अन्तरदेशीय सूचना आदान प्रदानका लागि कुटनीतिक पहल गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले सरकारका निकायहरुले सबैलाई सूचनाको पहुँच पुर्‍याउने वातावरण सिर्जना नगरेको आरोप पनि लगाउनु भयो ।

उहाँले भन्नुभयो “भारत र चीन दुवैले हामीलाई पूर्व सूचनाहरु दिनुपर्छ । पूर्वसूचना प्रणालीमा उनीहरु हामी भन्दा एड्भान्स छन् । सबैका लागि पहुँचयोग्य सूचना सम्प्रेषणको विधि उनीहरुले कार्यान्वयनमा ल्याएका छन् । हाम्रा सरकारका केही निकायहरुले सूचना सबैको पहुँचयोग्य पनि गरिदिँदैनन् । त्यो एक प्रकारको क्राईम हो । समयमै सूचना सम्प्रेषण नगर्ने कुराले मानिसको जीवनमा अनाहकमा जान्छ । अनाहकमा जाने भनेको त क्राइम नै हो नि ।”

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विगत १० वर्षदेखि बाढीजन्य प्रकोपका सम्बन्धमा जल तथा मौसम विज्ञान विभागले निकै राम्रो काम गरेको भएपनि अन्य बहुप्रकोपीय विपदबारे पूर्वसूचना प्रणालीको व्यवस्था गर्न नसकिएको स्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो “बाढीको पूर्वसूचनामा जल तथा मौसम विज्ञान विभागले निकै राम्रो काम गरेको छ । विभागले सार्वजनिक गर्ने पूर्व सूचनाले कयाँै मनिसको ज्यान जोगाउन मद्दत गरेको छ । विगत ५ वर्षदेखि जल तथा मौसम विज्ञान विभागमा गरेको लगानीका कारण त्यसको प्रतिफल अहिले देखिएको हो । मुख्यगरि बाढी, पहिरो, चट्याङ लगायत अन्य थुप्रै बहुप्रकोपीय पूर्वसूचना प्रणाली बनाउनुपर्ने आवश्यकता रहेको । बाढीको पूर्वसूचना प्रणालीमा प्राप्त गरेको अनुभवका आधारमा अन्य बहुप्रकोपीय विपदको पूर्वसूचना प्रणाली स्थापना गर्ने गरी तयारी भईरहेको छ ।”

उहाँले बाढीको पूर्वसूचना प्रणालीमा प्राप्त गरेको अनुभवका आधारमा अन्य बहुप्रकोपीय विपदको पूर्वसूचना प्रणाली स्थापना गर्ने गरि तयारी भईरहेको जानकारी दिनुभयो ।