२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

सिमसार जोगाउन कोशी टप्पु क्षेत्रको ४५ हेक्टर क्षेत्र हराभरा पारिँदै (फोटो फिचरसहित)

सिमसार जोगाउन कोशी टप्पु क्षेत्रको ४५ हेक्टर क्षेत्र हराभरा पारिँदै (फोटो फिचरसहित)
अ अ+ अ-

काठमाडौँ । मासिदो क्रममा रहेको सिमसार जोगाउन कोशी टप्पु वन्यजन्तु आरक्ष अन्र्तगत रहेको मध्यवर्ती क्षेत्रको ४५ हेक्टर क्षेत्र सफाईको काम थालिएको छ ।

सिमसार मासिदा लोप हुन थालेका माछा र चरासहितका सरिसृप प्रजाति जोगाउने उद्देश्यले आरक्ष हातासँगै मध्यवर्ती क्षेत्रमा पर्ने सिमसार क्षेत्र संरक्षणको काम अघि बढाइएको हो । संरक्षण अन्र्तगतको काममा सिमसारमा आश्रित समूदायलाई रोजगारी प्रदान गरिएको छ । जीविकोपार्जन सहयोगका रुपमा स्थानीय जनशक्ति परिचालन गरी सिमसारबाट जलकुम्भीका साथै मिचाहा प्रजातिका झारपात हटाउने कार्यलाई अघि बढाइएको छ । सिमसार सफाई थालेसँगै स्थानीयले परिवर्तनको आभाष समेत गर्न थालेका छन । हराउँदै गएका माछा र चराको विचरण बढ्न थालेको उनीहरु बताउँछन ।

संरक्षित क्षेत्रका रुपमा रहेको कोशी टप्पुको सिमसार क्षेत्र पछिल्लो समय भने जलकुम्भी र मिचाहा प्रजातिका कारण मासिदो क्रममा छ । सफाईको क्रममा सिमसार क्षेत्रबाट निकालिएको जलकुम्भीलाई कम्पोष्ट मल बनाउने गरी तयारी समेत गरिएको छ ।

मावन र वन्यजन्तु बीचको द्वन्दअन्त्य गर्दै चरा र वन्यजन्तुको संरक्षणको उद्देश्य साथ कोशी टप्पु टु कन्चनजंगा बेल्ट परियोजना अन्र्तगत कोशी टप्पुमा संरक्षणका काम अघि बढाइदै आइएको हो । परियोजना अन्र्तगत सिमसार क्षेत्र बढाउन ४५ हेक्टर जग्गा खरिद समेत गरी सकिएको छ । थप जग्गा खरीदको क्रम समेत अघि बढाइएको छ । सिमसार तथा सिमसारमा आश्रित जलचर र जीवजन्तुको संरक्षण गर्नु बेल्टको प्रमुख उद्देश्य रहेको छ । बेल्ट अन्र्तगत सुनसरीतर्फको सिमसार संरक्षण तथा त्यसको प्रर्वद्धनको जिम्मेबारीको काम भने कोशी टप्पु लर्निङ ग्राउण्डले हेर्दै आएको छ ।

क्षेत्र विस्तारसँगै सिमसारलाई २०६५ मा कोशी बाँँध फुट्नु पूर्वको अवस्थामा फर्काउन केटीके बेल्ट र भर्टिकल वायोडाईभसिटी फण्डले सो क्षेत्रमा ठूलो धनराशी खर्च गर्दैछ ।

वातावरणीय परिवर्तन र जैविक विविधताको संरक्षणमा बैज्ञानिक विधि अवलम्बन गर्दै अघि बढ्ने लक्ष्य लिएको परियोजनाले सिमसार सफाई, क्षेत्र विस्तार र अध्ययन अनुसन्धानको काम अघि बढाउदै लगेको छ । त्यसका साथै माछा तथा चरासँगै सिमसारमा आश्रित जीवजन्तुको वासस्थान पहिल्याउँदै दिगो संरक्षणमा जोड दिन नेपाल र भारत दुई देश सम्मिलित विज्ञ टोलीले अध्ययन तथा अनुसन्धानको काम थाल्ने गरी तयारी समेत थालेको कोशी टप्पु लर्निङ ग्राउण्डले जनाएको छ ।