११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात विभागले मुलुकभर अनिश्चितकालका लागि बन्द गर्यो सबै सेवा



अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था विभागले मुलुकभरका यातायात कार्यालयबाट दिने सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।

विभागले बुधबार बेलुका ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । विभागका अनुसार सर्भरहरुमा विद्युतीय समस्या देखिएपछि सेवा बन्द गर्ने निर्णय गरिएको हो ।

विभागका प्रवक्ता, सूचना अधिकारी एवं निर्देशक डा लोकनाथ भुसालले बुधबार एक सूचना जारी गर्दै समस्या समाधान नभएसम्मका लागि यातायात कार्यालयहरुबाट प्रदान गरिने सबै सेवाहरु अवरुद्ध हुने व्यहोरा जानकारी गराउनुभएको छ ।

विभागले यसअघि सवारी लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । सेवा अवरुद्ध भएसँगै सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।