• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड ★   सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु ! ★   मुम्बई आईपीएल प्लेअफको दौडबाट बाहिरियो, कोलकाताकोे १२ वर्षपछि वानखेडेमा जित ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिनै कठिन, एमाले झन् रिसायो ★   डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता ★   कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज हुरीबतासको चेतावनी ★   अमेरिकी डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ? ★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा

वन डढेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकको व्यवस्था



महेन्द्रनगर । कञ्चनपुरमा वन डढेलो नियन्त्रणका लागि यहाँका ६ वटा सब वन डिभिजन कार्यालयमा १२ जना अग्नि नियन्त्रकको व्यवस्था गरिएको छ । यहाँको वन तथा राष्ट्रिय निकुञ्जमा गर्मीयाममा डढेलोले वन क्षेत्रमा क्षति पुर्‍याउँदै आएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकृत शिवराज अवस्थीले डढेलो नियन्त्रणको पूर्वतयारी भइरहेको जानकारी दिनुभयो । उहाँले जिल्लामा रहेका सब वन डिभिजनमा अग्नि नियन्त्रकको व्यवस्था भएको बताउनुभयो । “हरेक डिभिजनमा दुईजना नियन्त्रक राखेर वनमा डढेलो नियन्त्रणसम्बन्धी सूचना सङ्कलनदेखि नियन्त्रणका लागि समन्वय गर्न भनिएको छ,” उहाँले भन्नुभयो, “यहाँ ६ वटा डिभिजन डढेलो नियन्त्रण र त्यसबाट हुने क्षति न्यूनीकरणका लागि सचेत छन् ।”

केही दिनअघि मात्र डिभिजन वनसँगै सबै सब डिभिजनले साताव्यापी वन डढेलो व्यवस्थापन सम्बन्धित जनचेतनामूक सप्ताहसमेत गरेको थियो । “अग्नि नियन्त्रक सामग्रीका लागि यस वर्ष बजेट आएन,” सूचना अधिकृत अवस्थीले भन्नुभयो, “गत वर्ष खरिद गरिएका सामग्री प्रयोगमा ल्याइनेछ ।”

कञ्चनपुरमा ७८ हजार हेक्टर वन क्षेत्रमा पर्छ । वन डढेलोका कारण जनधनको समेत क्षति हुनसक्ने भएकाले त्यसका नियन्त्रणका लागि सेना, प्रहरी, वन उपभोक्ताहरुसित पनि समन्वय हुने गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

त्यसैगरी कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बर्सेनि डढेलो लाग्ने गरेको छ । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज प्रशासनले पनि डढेलो नियन्त्रणका लागि पूर्वतयारी गरेको जनाएको छ ।