१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुलाक सेवाको समयानुसार विविधिकरण गरिने



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले हुलाक सेवालाई समयानुसार विविधिकरण गरिने बताउनुभएको छ । हुलाक सेवा विभागद्वारा १४७औँ विश्व हुलाक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नयाँ प्रविधिसँग सेवालाई जोड्नपर्ने बताउनुभयो । सरकारी डकुमेन्ट हुलाकबाट गर्नुपर्ने बताउँदै उहाँले त्यसले सरकारी कागजात सुरक्षित भई आयवृद्धिसमेत हुने विश्वास व्यक्त
गर्नुभयो । 

सोही मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंहले उक्त विभागलाई थप प्रतिसपर्धी बनाएर सेवा तथा व्यवसायक विस्तार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । हुलाक प्रशिक्षण केन्द्रका प्रमुख सविता कार्की, केन्द्रीय धनादेश कार्यालयका प्रमुख रामेश्वर पोखरेल, फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयका व्यवस्थापक नोखबहादुर बस्याललगायले पछिल्लो पटक सञ्चार क्षेत्रमा भएको विकासले विभागको सेवा ओझेलमा परेकामा चिन्ता व्यक्त गर्दै यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । 

विभागका महानिर्देशक इन्दु घिमिरेले आधारभूत सेवाअन्तर्गत चिठी, पत्र, पार्सल सेवा देश विदेशमा उपलब्ध गराइएकामा विसं २०५४ देखि एक्सप्रेस मेल सर्भिस सुरु गरी ३९ देशमा विस्तार गरेको जानकारी दिनुभयो । (रासस)