२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुलाक सेवाको समयानुसार विविधिकरण गरिने



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले हुलाक सेवालाई समयानुसार विविधिकरण गरिने बताउनुभएको छ । हुलाक सेवा विभागद्वारा १४७औँ विश्व हुलाक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नयाँ प्रविधिसँग सेवालाई जोड्नपर्ने बताउनुभयो । सरकारी डकुमेन्ट हुलाकबाट गर्नुपर्ने बताउँदै उहाँले त्यसले सरकारी कागजात सुरक्षित भई आयवृद्धिसमेत हुने विश्वास व्यक्त
गर्नुभयो । 

सोही मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंहले उक्त विभागलाई थप प्रतिसपर्धी बनाएर सेवा तथा व्यवसायक विस्तार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । हुलाक प्रशिक्षण केन्द्रका प्रमुख सविता कार्की, केन्द्रीय धनादेश कार्यालयका प्रमुख रामेश्वर पोखरेल, फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयका व्यवस्थापक नोखबहादुर बस्याललगायले पछिल्लो पटक सञ्चार क्षेत्रमा भएको विकासले विभागको सेवा ओझेलमा परेकामा चिन्ता व्यक्त गर्दै यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । 

विभागका महानिर्देशक इन्दु घिमिरेले आधारभूत सेवाअन्तर्गत चिठी, पत्र, पार्सल सेवा देश विदेशमा उपलब्ध गराइएकामा विसं २०५४ देखि एक्सप्रेस मेल सर्भिस सुरु गरी ३९ देशमा विस्तार गरेको जानकारी दिनुभयो । (रासस)