२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा लागेर आन्दोलन गरेको हु, अरु कुरा केही दिनमा भन्छु : उद्योगमन्त्री हमाल



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आफू २०२५ सालदेखि कांग्रेसमा लागेको बताएका छन् । मन्त्री हमालले आफू कसको कोटाबाट मन्त्री बनेको भन्नेबारे भने खुलाएनन् ।

‘म भर्खर मन्त्री बनेर आएको छु, मेरो विगतका क्रियाकलाप हेर्नुपर्छ । २०२५ सालमा नेपाली कांग्रेसमा लागेको हो । २०२७ सालमा बाँकेमा विद्यार्थी संघको उपाध्यक्ष भएको हो, बाँके, दाङ र सल्यानमा आन्दोलन गरेको हो,’ उनले भने । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको नाताबारे पत्रकारले सोधेको प्रश्नमा उनले खुलेर कुनै जवाफ दिएनन् । ‘पारिवारिक नाता त सबैको हुन्छ नि ! म निरन्तर रूपमा कांग्रेसमा लागेको मान्छे हो, २०५२ सालमा सभापति हुँदा बाँकेका ३ वटै क्षेत्र निर्वाचित गराएको हो,’ उनले भने । 

कसको कोटाबाट मन्त्री बनेको, प्रधानन्यायाधीशसँगको सम्बन्ध लगायत विषयमा सोधिएको प्रश्नमा उनले जवाफ दिएनन् । केहीदिनमा पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्ने भन्दै उनी बाहिरिए । 

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । नवनियुक्त मन्त्रीहरूले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएर कार्यभार सम्हालेका छन् ।