१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

राउतको हत्याको आरोपमा दुई पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा मृत फेला परेका एक व्यक्तिको हत्या भएको खुलेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बूढानीलकण्ठ नगरपालिका ४ बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको आफ्नै साथीबाट हत्या भएको खुल्न आएको हो । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । राउत यही फागुन १६ गतेदेखि हराएका थिए । उनको शव १७ गते फेला परेको थियो । घटना अनुसन्धानका लागि प्रहरीले कुकुरको समेत प्रयोग गरेको थियो ।

 उनको शवलाई अहिले परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २४ वर्षीय याकुब चौधरी र १८ वर्षीय करण पासवानलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुबीच पैसाको लेनदेनका विषयमा विवाद हुँदा हत्या गरेको अनुसन्धानमा खुलेको छ । उनीहरु लागुऔषध कारोबार तथा सेवानमा समेत संलग्न रहेको पाइएकाले अनुसन्धान जारी रहेको छ ।